प्रसिद्ध भारतीय गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिने भएको छ । बलिउडमा निर्माण भएका सबैभन्दा धेरै चलचित्रमा गीत लेखेका उहाँले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाइसक्नुभएको छ ।
कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले विस्फाेटकक पदार्थको ओसारपसार, बिक्री वितरणमा पूर्णरुपमा रोक लगाएको छ ।
झापाको अर्जुनधारा नगरपािलका– १० मा भएको आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ ।
हतुवागढी गाउँपालिकाको फलाटे र लालटे क्षेत्रमा विद्युत सुविधा पुगेको छ । नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रले हतुवागढी गाउँपालिका–१ को ती दुई क्षेत्रमा विद्युतीकरण गरेपछि स्थानीय औधी रमाएका हुन् ।
पोखरामा पहिलो पटक मौलिक संस्कृति झल्कने देउसी भैलो महोत्सव हुने भएको छ । महोत्सवमा बिभिन्न जातजाती विशेष तथा समुदाय विशेषको देउसीभैलो प्रर्दशन हुने जनाइएको छ ।
दाङको घोराही उपमहानगरपालिका–५ को वसन्तापुरमा जङ्गली जनावर ब्वाँसोको आक्रमणबाट १२ जना बढी घाइते हुनुभएको छ ।
भारतसँगको वाणिज्य सन्धि स्वतः नवीकरण भएको छ । संशोधनसहित सन्धि नवीकरण हुनुपर्ने भन्दै नेपालले लामो समयदेखि कुरा उठाइरहे पनि अन्ततः संशोधनबिनै नवीकरण भएको हो ।
झापाको बिर्तामोड नगरपालिका– २ स्थित चारपाने चोकमा शुक्रबार बिहान सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
इजरायली ड्रोन आक्रमणमा मारिएकाहरूको लेबनानको सीमावर्ती शहरमा अन्त्येष्टि गरिएको छ । लेबनानको सीमावर्ती सहर ब्लिडामा मङ्गलबार इजरायली ड्रोन आक्रमणमा मारिएका चार जनाको अन्त्येष्टि गरिएको हो ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पा जिल्लाको थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताउनुभएको छ ।
यही कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको छ दशमलव चार रेक्टर स्केलको भूकम्पमा परी घाइते हुनुभएका एकजनाको मृत्यु भएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयले बहुमूल्य सामान बोकेर भिडभाडमा जाने गल्ती नगर्न अनुरोध गरेको छ । उपत्यका प्रहरीले यसरी जाँदा चोरीको सम्भावना अधिक हुने भएकाले विशेष ख्याल गर्न पनि सुझाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले रक्तदाताले दान गरेको रगत विरामीले उपचार गराउँदा निःशुल्क पाउनु पर्ने बताउनुभएको छ ।
बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको छातीमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि भारतको लखनऊमा रहेको एक अस्पतालमा भर्ना गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र मित्र राष्ट्र भारतको सशस्त्र सीमा बल (एसएसबी)बीच भएको सातौं नेपाल भारत समन्वयात्मक बैठकमा सहभागी भई महानिरीक्षक अर्याल बिहीबार स्वदेश फर्कनु भएको हो ।