चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापनको काम सुरु गरिएको छ । दुर्लभ एक सिङ्गे गैँडा र बाघका आहारा प्रजातिलाई लक्षित गर्दै निकुञ्जका विभिन्न क्षेत्रमा विभिन्न दातृ संस्थाहरुको सहयोगमा घाँसेमैदान व्यवस्थापनको काम थालिएको हो ।
कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका– ४ ठाना सिमतलीमा बोलेरो जीप दुर्घटना हुँदा चार खेलाडी घाइते भएका छन् ।
हाल देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेकाले अझै दुई दिन देशका कतिपय स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि एक महिनाको पारिश्रमिक दिने घोषणा गर्नुभएको छ ।
विभिन्न मितिमा हराएका १८ वटा दुईपाङ्ग्रे सवारीसाधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज सवारी धनीलाई हस्तान्तरण गरेको छ ।
भीजी फाउन्डेसनले भूकम्पपीडितका लागि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २१ लाख रुपियाँ हस्तान्तरण गरेको छ। फाउन्डेसनका अध्यक्ष अशोक अग्रवालले शुक्रबार गृह मन्त्रालयमै आएर सो सहयोगको चेक उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो।
गाउँपालिकाको लगानीमा गाउँपालिका क्षेत्रभित्र पाइने जडीबुटीको प्रयोग र उपचार गर्ने गरी गाउँपालिका–५ स्थित ठाडेचुरीमा आयुर्वेद औषधालय भवन निर्माण गरिने भएको हो ।
झापा जिल्ला कारागारका कैदीबन्दीले जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितको सहयोगार्थ आधा दिनको सिदा रकम प्रदान गरेका छन् । कैदीबन्दीका तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा आज ५८ हजार ६ सय ८५ जम्मा गरिएको कारागार प्रमुख मोहन पनेरुले बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रपछिका पछिल्ला १५ वर्षमा रोल्पाको मुहार परिवर्तन हुँदैगएको बताउनुभएको छ। शुक्रबार दिउँसो सहिद स्मृति राजमार्गको थवाङ खोलामा निर्मित मोटरेवल पुलको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहिबार बसुन्धराबाट मोरङको पथरी शनिश्चरे-७ घर भइ हाल काठमाडौंको मनमैजु बस्ने ३३ वर्षीय भिम बहादुर तामाङलाई पक्राउ गरेको हो ।
बाराका नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, रौवाहीका तत्कालीन शिक्षक योगेन्द्र प्रसाद यादवविरुद्ध १६ लाख ९२ हजार २६९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन हमलाको निरीक्षण गर्न रोस्तोभ–अन–डनमा रहेको सैन्य मुख्यालयको अचानक भ्रमण गर्नुभएको क्रेमलिनले शुक्रबार बताएको छ ।
गण्डकी प्रदेश सरकारले २५ पालिकामा खेल मैदान बनाउन सघाउने भएको छ । प्रदेशका ८५ पालिकामध्ये छानिएका २५ पालिकामा ‘एक पालिका, एक खेल मैदान’को अवधारणामा प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले सहयोग गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार गत असोज मसान्तसम्ममा मुद्रास्फीतिले वाञ्छित सीमा नाघेको छ भने विप्रेषण र विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार भएको देखिएको छ ।