• ५ जेठ २०८१, शनिबार

ट्राफिक प्रहरीद्वारा सवारी धनीलाई हस्तान्तरण

blog

तस्बिर : ट्राफिक प्रहरी

काठमाडौँ, कात्तिक २४ गते । विभिन्न मितिमा हराएका १८ वटा दुईपाङ्ग्रे सवारीसाधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज सवारी धनीलाई हस्तान्तरण गरेको छ ।

रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले १२ मोटरसाइकल र छ कुटर सवारी धनीलाई हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा उहाँले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा हालसम्म प्राप्त आठ सय ३२  निवेदनका आधारमा खोजी गर्ने क्रममा फेला परेका एक सय ७७ मध्ये एक सय ३४ सवारीसाधन चालु आर्थिक वर्षमा ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको बताउनुभयो । 

यस्तै चालु आर्थिक वर्ष ०८०/८१ चोरीका ११ मोटरसाइकलसहित संलग्न १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाहीका लागि जिल्लाका विभिन्न प्रहरी कार्यालयमा पठाइएकोसमेत उहाँले जानकारी दिनुभयो । सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ । रासस