• ५ जेठ २०८१, शनिबार

तिहार तथा छठ बिदामा आयोग खुला रहने

blog

फाइल तस्बिर

काठमाडौँ, कात्तिक २४ गते । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय तिहार तथा छठको बिदामा पनि खुल्ने भएका छन् । 

कार्यालय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछन् । आम नागरिकको मानव अधिकार संरक्षणलाई ध्यानमा राखी विगतमा झैं यस वर्ष पनि तिहार र छठको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको कार्यालयका प्रवक्ता डा.टीकाराम पोखरेलले जानकारी दिनुभयो ।

यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्नेछ । रासस