नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सरकारको प्राथमिकता उद्योग क्षेत्रमा पर्न नसकेको जिकिर गर्नुभएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षामा लगानी बढाउँदै जानुपर्छ भन्ने कुरामा सरकार प्रष्ट रहेको बताउनुभएको छ ।
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा दुई अर्ब १५ करोड रुपियाँ लागतमा पैदलमार्गको मर्मत तथा सुधार गर्नेभएको छ ।
नेपालगन्जको अवस्था सुधार हुँदैगएर जनजीवन पुनः सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले दैनिक रूपमा लगाउँदैआएको कर्फ्युलाई घटाउँदैलगेको छ ।
ताप्लेजुङमा वन क्षेत्रको अतिक्रमण बढ्दै गएको छ । नयाँ बस्ती विस्तार बढ्दै गएसँगै वन क्षेत्रमा समेत अतिक्रमण बढ्दै गएको हो ।
नेपाल प्रहरीले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आज (आइतबार) देखि विशेष सुरक्षा योजना लागू गरेको छ ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन गर्ने मूल कानुन नै नआउँदा संविधानले दिएको अधिकारको सदुपयोग हुन नसकेको बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आपत्कालीन जनस्वास्थ्यको पूर्व तयारीका लागि सरोकारवाला निकायबिचको समन्वय र सहकार्यलाई प्रभावकारी बनाइनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदले चाडबाडको समयमा भएको मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव, न्यून गुणस्तरलगायतका विषय सम्बोधन गर्नका लागि संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
पर्सा जिल्लाको संखुवापर्सौनी गाउँपालिका–२ श्रीपुरमा ४४५ जनाको आँखा परीक्षण गर्दा १५८ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ ।
गोरखाको पालुङटार नगरपालिकामा थप दुईवटा सहरी स्वास्थ्य केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा बेरोजगारी व्याप्त रहेको बताउनुभएको छ । उहाँले रोजगारी नहुँदा युवा शक्ति विदेश पलायन भइरहेको बताउनुभयो ।
तीन वर्ष पहिले क्षतिग्रस्त भएको सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको ‘हेडवर्क’ अहिलेको संरचनाभन्दा केहीमाथि सार्नुपर्ने भएको छ । निर्माणाधीन ‘हेडवर्क’ मा तीन वर्ष पहिले बाढीले क्षति पुर्याएको थियो ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलको आक्रमणमा परी १२ जना नेपाली विद्यार्थीहरू सम्पर्क विहीन भएका बताउनुभएको छ ।
अर्जुनचौपारी गाउँपालिकाले पालिका भित्रका गाउँदेखि बजार क्षेत्रमा घुम्ती व्यापार गर्न प्रतिबन्ध लगाएको छ । घुम्ती व्यापारका कारण अधिकांश बजार क्षेत्रका व्यवसायीहरू ठुलो मारमा परेको भन्दै गाउँपालिकाले घुम्ती व्यापार गर्दा अनुमति लिनुपर्ने व्यवस्था गरेको हो ।