काठमाडौं, असोज २१ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले मातहतका निकायलाई प्रस्ट देखिने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
मन्त्रालयमा आइतबार बसेको उच्च व्यवस्थापन समूहको नियमित बैठकमा उहाँले आ–आफ्ना निकायमा देखिने गरी काम गर्न र योजना बनाउन निर्देशन दिनुभएको हो । “मन्त्रालयले सञ्चार क्षेत्रको समग्र नेतृत्व गर्छ, सबैले देखिने गरी संविधानको भावनाअनुसार सहअस्तित्व, समन्वय र सहकार्यका आधारमा काम गर्न जरुरी छ, राम्रोसँग योजना बनाएर काम गर्दा प्रगति पनि देखिन्छ ।”
बैठकमा राष्ट्रिय समाचार समितिका अध्यक्ष धमेन्द्र झाले रासस ऐन र नियमावली सञ्चार मन्त्रालयमा रहेकाले काम गर्न कठिनाइ भएको जानकारी दिँदै कानुन बनाउँदा सङ्घीय कानुनअनुसार प्रदेश र स्थानीय तह पनि बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
बैठकमा मन्त्रालय मातहतका निकायहरूले गरेको कामको प्रगति विवरण प्रस्तुत गर्नाका साथै आगामी कार्यक्रमबारे छलफल गरिएको थियो । रासस