नवराज कट्टेल
विराटनगर, असोज २१ गते । गाँजा खेती र कारोबारका लागि उद्गम मानिएको धनकुटाका तीन स्थानीय तहमा प्रहरीले अभियानकै रूपमा गाँजा नस्ष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा र मातहतका प्रहरी कार्यालयको टोलीले सहिदभूमि, साँगुरीगढी गाउँपालिका र पाख्रीबास नगरपालिकामा अभियानकै रूपमा गाँजाखेती नष्ट गर्ने काम सुरु गरेको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार तीन पालिकामा ४१२ रोपनीमा लगाएको एकलाख ७८ हजारभन्दा बढी गाँजाको बोट फुल्नु अगावै नष्ट गरिएको छ । प्रहरीले अवैध रूपमा लगाइएको गाँजा नष्ट गर्ने अभियानलाई अझ केही दिनसम्म सञ्चालन गर्नेभएको छ ।