सरकारले पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रममार्फत बच्चादेखि ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै आएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज भएको भर्चुअल बैठकले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीको प्रतिज्ञापत्र पारित गरेको छ ।
दक्षिण एसियाली तेक्वान्दो युनियनको काठमाडौँमा बसेको बैठकले प्रथम दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता यही वर्ष भुटानको राजधानी थिम्पुमा आयोजना गर्ने निर्णय गरेको हो ।
हिमाली पारीको गाउँपालिका चुमनुब्री गाउँपालिकाको सामा गाउँ र साम्दोका बासिन्दाले तीन महिनापछि बिजुली बाल्न पाएका छन् ।
काठमाडौँ उपत्यकामा सवारीसाधनका आवागमनमा कमी हुँदा वायु प्रदूषणमा उल्लेख्य कमी आएको छ ।
तनहुँको देवघाट गाउँपालिकाबाट प्रहरीले दुई थान अवैध भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । देवघाट–४, रिस्ती खोला नजिकैबाट स्थानीय ४० वर्षीय पूर्णबहादुर गुरुङ र २४ वर्षीय अर्जुन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मधेश प्रदेशले दोश्रो राष्ट्रिय हक्की प्रतियोगितामा जित पारेको छ । दशरथ रङ्गशालामा जारी प्रतियोगितामा मधेशले बागमती प्रदेशलाई ४–० गोलले हरायो ।
जुलाई ४ तारिखसम्म चल्ने यस प्रतियोगितालाई अझ बढी समावेशी र व्यापक बनाइएको आयोजकले जनाएका छन् । लिगमा कुल १४ टिमको सहभागिता रहनेछ ।
नेपाली कांग्रेसको चुनावी 'प्रतिज्ञापत्र' सार्वजनिकीकरण कार्यक्रम जनकपुरधाममा सुरु भएको छ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको प्रमुख आतिथ्यमा मधेस प्रदेशको राजधानी जनकपुरधामबाट पहिलो पटक चुनावी सभा भएको हो ।
काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) बाट उम्मेदवार रहनुभएका नेता ईश्वर पोखरेलले चुनावी घरदैलो तथा मतदातासँग भेटघाट तीव्र पार्नुभएको छ । नेता पोखरेलले घरदैलोको क्रममा टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्नुहुँदै आफ्ना योजना सुनाइरहनुभएको छ।
बागलुङको बडिगाड गाउँपालिका–८ बाट गलकोट हटियातर्फ जाँदै गरेको पिकअप गाडी दुर्घटनामा परेको छ ।
जिल्लाको सातवटै गाउँपालिकामा रुघाखोकी, ज्वरो र दमजस्ता रोगको बिरामी बढेका छन् । माघ १० गते परेको हिमपातले चिसो बढेपछि यस्ता बिरामीहरु दैनिक रुपमा बढिरहेका हुन् ।
गोरखाको बेनीघाट–आरुघाट–लार्के सडकखण्ड अन्तर्गत धार्चे गाउँपालिका–७ मा पर्ने न्याउनी खोला पुल चार दिनको लागि बन्द हुने भएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सडक सञ्जाल विस्तार र स्तरोन्नति विकासको मानक भएको बताउनुभएको छ ।
नेपालगन्जमा रहेको सोफिया रेजिडेन्सियल इङ्लिस स्कुलले वार्षिक खेलकुद दिवसमा विभिन्न खेलमा विजयी भएका २८ सय बढी विद्यार्थीलाई मेडल र प्रमाणपत्र वितरण गरेको छ ।