धनकुटाका स्थानीय महिलाहरु मौलिक परम्परा अनुसार बजाइने नौमती पञ्चेबाजा संरक्षणमा लागि परेका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर करिब चार करोड आम्दानी गरेका छन् ।
हिमाली समुदायमा विशेष गरी शेर्पा जातिले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
पहिरो खसेर मङ्गलबार बेलुकादेखि अवरुद्ध बनेको मेची राजमार्गको कोल्बुुङ सडक खण्डमा एक तर्फी रूपमा यातायात सञ्चालनमा आएको छ ।
आगामी २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच प्रतिस्पर्धा हुने भएको छ ।
जिल्ला निर्वाचन कार्यालय बैतडीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आज (बुधबार) धनगढीमा सम्बोधन गर्नुहुने भएको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–७, गर्जुवास्थित जङ्गलबाट दुई सय पाँच किलो लागु औषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार साँझ विषेश सूचनाका आधारमा उनिहरुलाई प्रहरीले गाजाँसहित प्रक्राउ गरेको हो ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका भित्रका विद्यालयहरुमा फोहोर व्यवस्थापनसम्बन्धी सचेतना अभिवृद्धि गर्दै विद्यालयलाई फोहोरमुक्त बनाउने उद्देश्यले विद्यालयमा ‘शून्य फोहोर’ कार्यक्रम सञ्चालनमा गरिएको छ ।
प्रेमजालमा पारी पटक–पटक यौन शोषण तथा मानसिक दबाब दिएको आरोपमा एक युवतीले आत्महत्या गरेपछि उनका प्रेमी भनिने रविन प्रधानलाई प्रहरीले पक्राउ गरेको छ।
आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मङ्गलबारको तुलनामा आज सुन तोलामा एक हजार ५०० ले घटेको छ भने चाँदी पाँचले घटेको छ ।
लुम्बिनी प्रदेशमा दलित अधिकारसम्बन्धी विधेयक विषयगत समितिमा प्रवेश गरेको छ । दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाको सामाजिक विकास समितिमा दफावार छलफलमा रहेको छ ।
अरनिको राजमार्ग अन्तर्गत बनेपा बसपार्क नजिकै टिप्प्परको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपा तनावग्रस्त बनेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा यो प्रदेशभित्रका आर्थिक गतिविधि चलायमान हुन थालेका छन् । मतदान गर्ने मिति नजिकिएसँगै उम्मेदवारले औपचारिक रूपमा चुनाव प्रचारप्रसार सुरु गरेका छन् । चुनावी प्रचारप्रसारले चिया पसल, होटेल, यातायात, इन्धन, छापाखाना र स्थानीय उत्पादनसम्म सकारात्मक प्रभाव पारेको सरोकारवालाले बताएका छन् ।
सङ्घीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा पक्की र १७ वटा झोलुङ्गे पुल निर्माण गरेको छ ।