आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले खाता खोलेर निर्वाचन आयोगलाई जानकारी गराउन थालेका छन् ।
उत्तरी जापानमा बुधबार हिउँमा पुरिएका तीन जनालाई उद्धार गरिएको र उद्धार गरिएका मध्ये एक जनालाई बेहोस अवस्थामा फेला परेको स्थानीय मिडियाले जनाएको छ ।
नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै आज जनकपुरमा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको छ । सो पार्टीले कांग्रेस मधेस प्रदेश समितिको आयोजनामा जनकपुरधाममा हुने सभामा प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको हो ।
एक सय ३२ केभी बुर्तिबाङ सवस्टेसन सञ्चालनमा आएको छ । यही फागुन २ गते निर्माण सम्पन्न भएपछि फागुन ३ र ४ गते परीक्षण गरिएको सवस्टेसन मङ्गलबारदेखि नियमित रूपमा सञ्चालन गरिएको हो ।
जोखिम समूह पहिचान गरेर युवा र किसोर अवस्थाका नागरिकको उपचारमा ध्यान दिन सकेमा आत्महत्या घटाउन सकिने सरोकारवालाले बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटेरेसले इरान र अमेरिका बिचको वार्ताले निर्णायक र रचनात्मक परिणाम ल्याउने आशा व्यक्त गर्नु भएको छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैँक फिदिम शाखाले पाँचथरको फिदिम नगरपालिका वडा ४ मा सञ्चालन भइरहेको जागृति आधारभुत विद्यालयका छात्र छात्रालाई पोशाक र सोलार सेट उपलब्ध गराएको छ ।
अस्ट्रेलियामा नयाँ घर निर्माणमा आवासीय जग्गाको बढ्दो मूल्यले ठुलो असर पारेको छ । यस विषयमा आएको आवास निर्माण उद्योग सङ्घको प्रतिवेदनले देशभर नयाँ घर निर्माणका लागि जग्गाको मूल्य अत्यधिक वृद्धि भएको देखाएको छ ।
कृत्रिम बौद्धिकता (एआई)ले भारतको परम्परागत गहना उद्योगमा नयाँ मोड ल्याएको छ । नयाँदिल्लीमा आयोजित विश्वव्यापी एआई शिखर सम्मेलनको प्रदर्शनी कक्षमा चम्किएको भगवान् कृष्णको आकारमा बनेको सुनको ब्रोच हस्तकला मात्र नभई, प्रविधि र परम्पराको सङ्गमको प्रतीक बनेको छ ।
म्याग्दीका उम्मेदवारले हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन् ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजना हुने ‘कांग्रेस मधेश प्रतिज्ञा सभा’मा सहभागी हुन लाग्नुभएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सल्यानमा मतदान केन्द्रहरूको अनुगमनलाई तीव्र बनाइएको छ।
औषधी व्यवस्था विभागले क्युरेक्स फार्मास्युटिकल्स प्रालिको ‘इन्क्लेभ ओडी’ नामक औषधी बजारबाट फिर्ता लैजान निर्देशक दिएको छ ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा शिक्षा क्षेत्रमा दीर्घकालीन रूपमा देखिएका समस्याको समाधान गर्ने विश्वसनीय प्रतिबद्धताको खोजीमा सामुदायिक विद्यालयका शिक्षकहरूले आफ्ना धारणा व्यक्त गरेका छन्।
धनकुटाका स्थानीय महिलाहरु मौलिक परम्परा अनुसार बजाइने नौमती पञ्चेबाजा संरक्षणमा लागि परेका छन् ।