बर्दियामा डिभिजन वन कार्यालयको टोलीले चितुवा नियन्त्रणमा लिएको छ । बारबर्दिया नगरपालिका वडा १० महतन्या सामुदायिक वनबाट वयस्क पोथी चितुवा नियन्त्रणमा लिएको हो ।
मस्को र किएभका दूतहरूले बुधबार जेनेभामा अमेरिकी मध्यस्थतामा लगातार दोस्रो दिनको वार्ता जारी राखेर चार वर्षअघि सुरु भएको युद्धपछि उत्पन्न राजनीतिक र सैन्य मतभेदको समाधान खोज्ने प्रयास गरेका छन् ।
मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फा गाउँस्थित स्थानीय धनप्रकाश लालचनले आन्तरिक पर्यटकलाई बिक्री गर्नको लागि सुकाएर तयार पारेको स्याउको सुकुटी ।
निर्वाचनमा खटिएका सेना लिएर गएको बस भोजपुरमा दुर्घटना भएको छ । बुधबार दिउँसो भोजपुर नगरपालिका-३, सेतीबगर नजिकै बस दुर्घटना भएको हो ।
स्वच्छ, निष्पक्ष, भयरहित निर्वाचन सम्पन्न गर्न पत्रकार र सञ्चारगृहले निर्वाचन आचारसंहिताका साथै पत्रकार आचारसंहिताको पालना गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिनुभएको छ ।
आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि काठमाडौँको निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार दलका घोषणापत्रसहित घरदैलोमा कार्यक्रममा व्यस्त छन् ।
नेपाली कांग्रेसको चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिक भएको छ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बुधबार जनकपुरधाममा आयोजित विशेष कार्यक्रममा प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले कामको सूची दिन सुदूरपश्चिम प्रदेशका जनतालाई आग्रह गर्नुभएको छ ।
बाँकेको कोहलपुरमा “प्रथम कोहलपुर बाँके जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता २०८२” सञ्चालन हुने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले आफ्नो पार्टीले जनताको काम गरेर देखाउने बताउनुभएको छ ।
पोखरा महानगरपालिकाले फेवातालको मापदण्ड र सडक सीमा मिचेर बनाइएका अवैध संरचनाहरू हटाउन १५ दिने अल्टिमेटम दिएको छ ।
एक खेल अगावै सुपर आठमा स्थान बनाएको दक्षिण अफ्रिकाले बुधबार दिल्लीस्थित अरुण जेट्ली क्रिकेट स्टेडियमा भएको समूह चरणको अन्तिम खेलमा संयुक्त अरव इमिरेट्स (युएई) लाई ६ विकेटले हरायो ।
महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनलाई अभद्र व्यवहार र प्रहरी कर्मचारीमाथि जाइलाग्ने युवक आज पक्राउ परेका छन् ।
ओखलढुङ्गाका १२ मतदान स्थल अति संवेदनशीलको सूचीमा परेका छन् ।
सरकारले पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रममार्फत बच्चादेखि ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै आएका छन् ।