शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
भोजपुर, फागुन ६ गते । निर्वाचनमा खटिएका सेना लिएर गएको बस भोजपुरमा दुर्घटना भएको छ । बुधबार दिउँसो भोजपुर नगरपालिका-३, सेतीबगर नजिकै बस दुर्घटना भएको हो ।
सेना बोकेको ना. ४ ख. ७३१७ नम्बरको बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, भोजपुरका अनुसार घाइते २४ जनामध्ये आठ जनालाई थप उपचारका लागि हेलिकाेप्टरमार्फत काठमाडौँ पठाइएको छ ।