काठमाडौँ, फागुन ६ गते । आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मङ्गलबारको तुलनामा आज सुन तोलामा एक हजार ५०० ले घटेको छ भने चाँदी पाँचले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ४०० तथा एक तोला चाँदीको मोल चार हजार ८८० निर्धारण भएको छ ।
हिजो मङ्गलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख एक हजार ९०० तथा एक तोला चाँदीको मोल चार हजार ८८५ निर्धारण भएको छ । गत सोमबार एक तोला छापावाल सुनको मूल्य तीन लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मोल चार हजार ८६० निर्धारण भएको छ ।
साताको पहिलो दिन आइताबार बजार खुल्दा प्रतितोला छापावाल सुन तीन लाख पाँच हजार ८०० र त्यति नै चाँदी चार हजार ९८५ मा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९२० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस