• ६ फागुन २०८२, बुधबार

बेनीघाट-आरुघाट-लार्के सडक चार दिन बन्द हुने

blog

उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ को न्याउली खोलामा पक्की पुल निर्माण हुँदै । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका 

सुलीकोट, फागुन ६ गते ।  गोरखाको बेनीघाट–आरुघाट–लार्के सडकखण्ड अन्तर्गत धार्चे गाउँपालिका–७ मा पर्ने न्याउनी खोला पुल चार दिनका लागि बन्द हुने भएको छ । उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिका पुग्ने मुख्य पुल निर्माण गर्नुपर्ने भएकाले फागुन ७ गतेदेखि १० गतेसम्म उक्त सडक खण्डमा यातायात पुर्णरुपमा बन्द  हुने भएको  हो । 

धार्चे गाउँपालिकाले बुधबार एक सार्वजनिक सुचना जारी गर्दै न्याउली खोला झरनामा मोटरेबल पुल निर्माण कार्य अगाडी बढाउनुपर्ने भएकाले सबारी आवतजावत रोक्नु परेको गाउँपालिकाका प्रमुख प्रमुख प्रशासकिय अधिकृत बुद्धिराम बस्नेतले बताउनुभयो । 

उक्त चार दिनको अवधिभर चारपाङग्रे सवारी साधन तथा हेभि सवारी साधनको आवतजावत पूर्णरूपमा बन्द गरिने छ, प्रमुख प्रशासकिय अधिकृत बस्नेतले भन्नुभयो, ‘अत्यावश्यक काममा यात्रा गर्नुपर्ने सर्वसाधरण तथा आन्तरिक तथा बाह्रय पर्यटकलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा समयमै यात्रा तालिका व्यवस्थापन गर्न उहाँले आग्रह गर्नुभयो ।’

यो सडक  खण्ड उत्तरी गोरखाका स्थानिय बासिन्दाका लागि मुख्य आवागमन मार्गका रूपमा प्रयोग हुँदै आएको छ । सडक बन्द हुदाँ दैनिक उपभोग्य सामग्री ढुवानी, यात्रु आवतजावत तथा स्थानिय आर्थिक गतिविधिमा केहि असहजता आउने भएकाले गाउँपालिकाको सुचना मार्फत क्षमा समेत मागेको छ । 

निर्माण कार्यलाई सुरक्षित र प्रभावकारी रूपमा सम्पन्न गर्न अस्थायी रूपमा सडक बन्द गर्न लागिएकाले केहि समय धैर्यं गरी निर्माण कार्यलाई सहयोग गरिदिन सबैमा गाउँपालिकाले सुचनामार्फत आग्रह समेत गरेको छ । 

निर्माण कम्पनीले काम सम्पन्न भएपछि सडक पुर्ववत् रूपमा सञ्चालनमा ल्याउने गरी काम अघि बढाएको गाउँपालिकाले जनाएको छ ।