प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद राजेन्द्रकुमार राईले धनकुटा जिल्लामा प्रदेशस्तरीय अस्पताल बनाउनका लागि जग्गा उपलब्ध गराउन सङ्घीय सरकारले निर्णय गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले बजेट बनियोजन गरेर डिपिआर बनिसेको छ ।
उच्च अदालत सुर्खेत जुम्ला इजलासले न्याय सम्पादनलाई छिटो, छरितो र सहज बनाउन भर्चुवल प्रणाली सुरु गरेको छ । साविक कर्णालीका ५ जिल्लालाई न्यायीक सेवा लिन खर्चिलो र असज भएको भन्दै यसलाई प्रविधिमैत्री बनाउन सुरु गरेको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर नै सरकारले बजेट विनियोजन गरिएको बताउनुभएको छ ।
गाउँमै सञ्चालनमा गरेको विन्जेल दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बेचेर ती कृषकले उक्त आम्दानी गरेका हुन् । कृषक डिल्लीराम नेपाल एक वर्षमा १३ हजार नौ सय ७९ लिटर दूध बेचेर रु आठ लाख २३ हजार छ सय आम्दानी गरेको बताउनुहुन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि स्वीडेनका गैरअवासीय राजदूत जन थिस्लिफले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
चाडपर्वसँगै किनमेल गर्नेहरुको भीडभाड बजारमा विस्तारै बढने क्रम सुरु भएको छ । खाद्यान्नदेखि लत्ताकपडा, नुनदेखि सुन पसलहरुमा उपभोक्ताको भिड बढने क्रमसँगै महंगी बढने र म्याद गुज्रेका सामानहरु विक्री गर्नेभएकाले पोखरा महानगरपालिकाले बजार अनुगमनको काम तिव्र बनाएको छ ।
खडेरीले सन् २०२३ को पहिलो छ महिनामा जलविद्युत् उत्पादनमा ‘ऐतिहासिक’ विश्वव्यापी गिरावट आएको नयाँ अनुसन्धानले देखाएको छ ।
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हाउस अफ रिप्रेजेन्टेटिभको सभामुख पदमा ओहायोका रिपब्लिकन सांसद जिम जोर्डनलाई आधिकारिकरूपमा समर्थन गर्नुभएको छ ।
नेपालगन्जमा सामाजिक सद्भाव कायम गर्न बाँकेस्थित विभिन्न नागरिक समाजका अगुवाहरुको तर्फबाट सामूहिक अपिल गरिएको छ ।
कृषिमा विषादीको जथाभावी प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने विषयमा शिल्पीकला समूह काठमाडौँले तनहुँमा ‘सट्टापट्टा’नामक नाटक प्रदर्शन गरेको छ । व्यास नगरपालिका–११ फराकचौरमा बिहीबार साँझ देखाइएको नाटकमा जैविक खेती गरी स्वस्थ शरीर बनाउन सन्देश प्रवाह गरिएको निर्देशक घिमिरे युवराजले बताउनुभयो ।
गुरुङ चलचित्रका महानायकका रूपमा परिचित ताराबहादुर गुरुङलाई पोखरामा सम्मान गरिएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको एउटा पोथी गैँडा मृत फेला परेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० लाई सरोकारवालाका माग र सरकारले विभिन्न पक्षसँग गरेका सहमतिलाई सम्बोधन गर्ने गरी पारित गर्न आग्रह गरिएको छ ।
मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी–२०८०’ कार्यक्रममा सहभागी हुन खोटाङ आएका १४ देशका चित्रकार स्थानीय कला तथा संस्कृति अवलोकन गरिरहेका छन् ।
बागलुङमा पछिल्लो समय डेङ्गुु सङ्क्रमण ह्वात्तै बढेको छ । पछिल्लो तथ्याङ्कअनुसार जिल्लामा एक सय ३० जनामा डेङ्गुु सङ्क्रमण पुष्टि भइसकेको पाइएको छ । पछिल्लो एक महिनामा मात्रै ९० जनाभन्दा बढीको सङ्ख्यामा डेङ्गु पुष्टि भएको छ ।