साथी–सङ्गीसँग खेल्दा होस् वा पढ्दा, मिलनसार व्यवहारले नै उम्दा बनाउँछ । कापी, कलम र पुस्तकसँगको मित्रताले, सुन्दर भविष्य निर्माणमा सघाउ पुु-याउँछ ।
केही दिनअघि ‘किसान’ कविता पढाउने क्रममा शिक्षकले रोपाइँ गरिरहेका मानिसहरूको चित्र ल्याएर देखाउनुभएको थियो । कोपिला दशैँ, तिहारताका घर र मामाघर जाँदा बाटामा पर्ने खेतहरूमा पहेँला धान झुलिरहेका हुन्थे तर धान कसरी रोपिन्छ भन्नेचाहिँ देखेकी थिइनन् । असार लागेदेखि नै यसपालि रोपाइँ गरेको हेर्न बुवाआमासँगै पहाड घर जानुपर्छ भनेकी थिइन् । बुवाले पनि हुन्छ भन्नुभएको थियो । उनको स्कुलमा अहिले एक हप्ता बर्खे बिदा भएको छ । यही मौका पारेर बुवाले पनि अफिसमा केही दिनका लागि बिदा मिलाउनुभयो । कोपिला बुवाआमासँग रमाउँदै पहाड घर जाने भइन् । उनीहरू रत्नपार्कमा गएर मेलम्चीको गाडीमा चढे ।
अम्बिका थापा निर्मित सुन्दर म्युजिक भिडियो त्रिमूर्ति इन्टरटेन्मेन्टबाट सार्वजनिक भएको छ । राजेन्द्र बुढाथोकी र अस्मिता अधिकारीको सुमधुर स्वर समेटिएको ‘सुगर फ्री...’ गीतमा सङ्गीतकार राजेन्द्र बजगाईंको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ ।
सिफारिस नै नभएको बीउ बिक्री वितरण गरेर उत्पादनमा क्षति पु-याएको कम्पनीलाई सरकारले कारबाही गरेको छ । सिचुवान सिड विज्ञान तथा प्रविधि कम्पनी लिमिटेड चीनबाट उत्पादित ‘डीवाई २८’ हाइब्रिड जातको धानको बीउ लगाएपछि उपत्यकाका १२ वटा नगरपालिकामा सात हजार ८०० रोपनीमा लगाइएको धानमा बाला लागेको थिएन । सरकारले उक्त बीउ बिक्री वितरण गर्ने काष्ठमण्डप ट्रेड प्वाइन्टलाई बीउबिजन ऐनअनुसार दुई महिनाअघि कारबाही गरेको हो ।
यस वर्ष मनसुन सुरुमै सक्रिय भयो । देशैभर धान रोपाइँ पनि भइरहेको छ । हालसम्म कति रोपाइँ भयो, त्यसको तथ्याङ्क त आउन बाँकी छ । बेमौसमी वर्षाका कारण गत वर्ष धान उत्पादनमा ८.७६ प्रतिशतले ह्रास आयो । यस पटक भने मलको अभावले उत्पादनमा असर गर्ने हो कि भन्ने आकलन गरिएकोे छ । समग्र कृषिमा धानको योगदान १५ प्रतिशत छ । असार १५ लाई धान दिवसकै रूपमा मनाइन्छ । ‘धान बालीमा जैविक विविधता उपयोग : आयात प्रतिस्थापनमा सहयोग’ नाराका साथ यस वर्ष १९औँ धान दिवस मनाइनेछ । देशकै कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान ३.३ प्रतिशत छ । यस हिसाबले कुल गार्हस्थ्य उत्पादन ४२ खर्ब रुपियाँमा धानको योगदान एक खर्ब ६४ अर्ब रुपियाँ रहेको कृषि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा सरकारले लिँदै आएको ५० प्रतिशत कर घटाउन निर्देशन दिएको छ । समितिको शुक्रबारको बैठकले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थमा लाग्दै आएको कर ५० प्रतिशत घटाउन लिखित रूपमा निर्देशन दिएको हो ।
मुखको माया के माया ? मनको माया हो माया । किनेको माया के माया ? आत्मीय माया, माया हो
तामाङ भाषाको चलचित्र ‘काख्रे’ (गँगटो)को ट्रेलर सार्वजनिक भएको छ । कथाकार ऋतुराज पाख्रिनका अनुसार चलचित्रमा गाउँबाट रोजगारी खोज्दै राजधानी आएका युवाले भोगेकोे समस्याको सेरोफेरो कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । राष्ट्रिय नाचघर जमलमा यही असार १८ गते विशेष च्यारिटी सो हुने निर्माण पक्षले जनाएको छ ।
हजुरआमाले प्रतिष्ठा गर्नुभएका चौतारा बाहरूले कचहरी गर्ने ठाँटी गोठालो जाँदा तिमीहरूलाई हामीहरूले हामीहरूलाई तिमीहरूले
केही दिनयताको वर्षाका कारण देशको अधिकांश भू–भाग प्रभावित भएको छ। कतिपय नदीमा आएको बाढीले जनधनको क्षति भएको छ भने अझै वर्षा कायम रहेका कारण नदी तटिय क्षेत्रमा बाढीको र पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
चिसो सिरेटो भित्रैसम्म आयो बिस्तारै झ्याल खोलेँ टाउको बाहिर निकालेर हेरेँ आकाश धुम्म छ मजस्तै गुम्सिएको छ
सुदूरपश्चिम प्रदेशका स्थानीय तहले आगामी वर्षका लागि बजेट ल्याएका छन् । सुदूरपश्चिममा ८८ स्थानीय तह रहेकोमा अधिकांश पालिकाले बजेट प्रस्तुत गरेको अनुमान छ । संवैधानिक व्यवस्थाअनुसार नगर तथा गाउँपालिकाका उपप्रमुख÷उपाध्यक्षले आगामी वर्षको अनुमानित आय व्यय विवरण नगर तथा गाउँ सभामा प्रस्तुत गरेका छन् । शुक्रबार प्रस्तुत गरिएको बजेटमाथिको छलफल भने केही दिनसम्म जारी रहनेछ । सुदूरपश्चिमका नौ जिल्लामध्ये सबैभन्दा बढी १३ पालिका रहेको कैलालीका सबै स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् । विगतमा मोहन्याल गाउँपालिकाले बजेट प्रस्तुत गर्न सकेको थिएन ।
खुसीको खबर यो थियो– धेरै वर्षपछि दाइ भेटिए । दुःखको खबर यो थियो– उनी दृष्टिविहीन भइसकेका थिए । उनले पहिलेजस्तो देख्न सक्दैनथे । उनले भने, “एउटा रेल दुर्घटनामा परेर मैले दुवै आँखा गुमाएँ ।” रेल मुलुकमा चलिसकेको थिएन र उनले विदेशको ट्रेन दुर्घटनामा आँखा गुमाएको हुन सक्छ तर त्यो देश कुन थियो त्यो हामीले सोधेनौँ । दृष्टि नै गुमाइसकेपछि देशको कुरो गौण भइदियो । कुरो यो, आँखा उनका यथावत् थिए तर दृष्टि थिएन । उनको भनाइ यो हुन्थ्यो– “म आँखा देख्दिनँ हजुर ।
नेपाल उद्योग परिसङ्घको पर्यटन समितिले पर्वतारोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र कान्स फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल नेपाली चलचित्र निर्देशक, निर्माता अविनाश विक्रम शाहलाई सम्मान गरेको छ ।
‘के हो के हो, जिन्दगानी, कर्कलाको पानी अप्ठेरोमा हाँसी बाँच्नु नै हो जिन्दगानी’