नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सत्तापक्ष र प्रतिपक्ष दुवैको सहमतिमा शिक्षा विधेयकलाई पुनर्लेखन गर्नुपर्ने माग गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बझाङमा भूकम्पका कारण गएका पहिरोमा परी मृत्यु भएका प्रति परिवारलाई दुई लाख रुपियाँ सहयोग प्रदान गर्ने बताउनुभएको छ ।
बौद्ध दर्शन र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यसहित बुद्ध जन्मस्थल लुम्बिनीमा शुक्रबार विश्व बौद्ध संस्कृति प्रदर्शनी आयोजना गरिएको छ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग जर्मनीका राजदूत डा. थोमस प्रिन्जले शिष्टाचार भेटघाट गर्नुभएको छ । शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उपराष्ट्रपति यादव र राजदूत डा. प्रिन्जबीच शिष्टाचार भेटवार्ता भएको हो ।
वास्तुशास्त्रको अध्ययन अनुसन्धानका विषयमा नेपाल संस्कृत विश्वविद्यालय र महर्षि अन्तर्राष्ट्रिय विश्वविद्यालय आयोवा अमेरिकाबीच सम्झौता गरिने भएको छ ।
नेपाली चलचित्र ‘वानर सेना’को प्रिमियर शो भएको छ । शुक्रबार काठमाडौंमा प्रिमियर शो भएको हो । चलचित्र ‘वानर सेना’ आजदेखि प्रदर्शनमा आएको हो ।
कालीकोट जिल्लाको जिते बजारस्थित कर्णालीको पुल मर्मत भएपछि नागरिकलाई आवतजावत गर्न सहज भएको छ ।
तराईका महिलाहरुले मनाउने जितिया पर्व आज शुक्रबार धुमधामका साथ जितवाहन भगवानको पूजा आरधना गरेर मनाउदैँछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला बझाङ पुग्नुभएको छ । शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट प्रधानमन्त्री बझाङ पुग्नुभएको हो ।
शैक्षिक सत्रबाट पठनपाठन सुरु भएको सामुदायिक मानसरोवर बहुमुखी क्याम्पसको स्नातकोत्तर (एमएड) मा अध्ययनरत विद्यार्थीहरुले जिल्लाबाट परीक्षा दिनएका छन् ।
प्रतिनिधिसभाका सांसदहरुले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सरकारले सरोकारवालासँग पर्याप्त गृहकार्य नगरेको टिप्पणी गर्दै सो विधेयक शिक्षक वा विद्यार्थी कसलाई ध्यान दिएर ल्याएको भन्ने स्पष्ट हुनुपर्ने आग्रह गर्नुभएको छ ।
नेकपा (एमाले) का उपमहासचिव प्रदीकुमार ज्ञवालीले सामाजिक सद्भाव खलबल्याउने षड्यन्त्रविरुद्ध सचेत रहनुपर्ने बताउनुभएको छ ।
पूर्वी नवलपरासीमा रहेका सामुदायिक विद्यालयले विद्यालयलाई प्रविधिमैत्री बनाउन ‘झोलाविहीन शुक्रबार’ बनाउने नीति लिएका छन् । बालबालिकालाई अतिरिक्त क्रियाकलाप तथा जीवनउपयोगी ज्ञान र कलातर्फ आकर्षित हुनेगरी विद्यालयलाई क्रमशः ‘झोलाबिहीन शुक्रबार’ बनाउने नीति लिएको छ ।
चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा भारत बङ्गलादेशलाई हराउँदै फाइनलमा पुगेको छ ।
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक सङ्घीयता विरोधी रहेको बताउनुभएको छ ।