जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
मधेश प्रदेशका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्रप्रसाद सिंहले अशिक्षा नै महिला हिंसाको मुख्य कारक रहेकोले प्रदेश सरकार शिक्षालाई प्राथमिकतामा राखेर कामकाज अगाडि बढाएको बताउनुभएको छ ।
नेपाल माझी उत्थान संघ, सुनसरीका चन्द्रबहादुर माझी र जीवन माझी प्रथम खुला डुंगा प्रतियोगिताको सिंगल्समा पहिलो हुनुभएको छ । चन्द्र र जीवनले निर्धारित १२० मिटर दूरी १ मिनेट २२ सेकेन्डमा पूरा गर्नुभएको थियो ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा अस्पताल भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाको वडा ६ बदौर टोलमा एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले भवनको शिलान्यास गर्नुभयो ।
प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०७९ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाले आर्थिक विधेयक २०७९ लाई बहुमतले पारित गरेको हो ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेल क्षेत्रमा राजनीति नगर्न आग्रह गर्नुभएको छ ।
सरकारले थारु समुदायमा स्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल रोगको उपचारका लागि सहयोगको नीति लिएको भएपनि अपर्याप्त रहेको सो समुदायका पीडितहरुको बुझाई छ । नेपाल सरकारले सिकलसेलका विरामीलाई एक लाख रुपियाँसम्मको औषधी निशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–५ चाक्सिबोटेको वडा कार्यालय आगलागीबाट ध्वस्त भएको छ । घर भाडामा सञ्चालन हुँदै आएको वडा कार्यालय आइतबार राति भएको आगलागीबाट ध्वस्त भएको हो ।
शहरी क्षेत्रमा चल्ने सिटी रिक्साको भाडासूची नहुँदा सवार हुने सेवाग्राहीलाई रिक्सावालाले भनेजतिकै मनोमानी भाडा तिर्न बाध्य भएको गुनासो गरेका छन् । लहान नगरपालिकाले केही महिना अगाडि सिटी रिक्साको भाडा निर्धारण गरेर हरेक सिटी रिक्सावालालाई कार्यान्वयन गर्न रिक्सामा पारदर्शी भाडासूची लागु गर्न निर्देशन दिएको भएपनि त्यसको कार्यान्वयन भएको छैन ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरु प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् ।
काठमाडौं, असार ६ गते । गीतकार स्वार्थी ध्रुवको नयाँ गीत 'पाउनु मात्रै हैन माया' सार्वजनिक गरिएको छ । गीतमा धु्रवकै स्वर र संगीत रहेको छ भने एरेन्ज सचिन सिंहले गर्नुभएको हो ।सुब्रत आचार्यको निर्देशनमा तयार भएको भिडियोमा दिक्पाल कार्की, एसराज गरच र साक्षी लम्सालको अभिनय देख्न सकिन्छ । यस्तै, भिडियोमा उत्सव दाहालको छायाङ्कन, विकास दाहालको सम्पादन, जया शर्माको क्रिएटिभ निर्देशन र दीपेन गौतम माइकलको प्रोडक्सन डिजाइन छ ।
ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले साइकल लेन सञ्चालनसम्बन्धमा संघीय र प्रादेशिक सरकारसँग कुनै कानुन नभएको बताउनुभएको छ ।
काठमाडौं, असार ६ गते । दयाहाङ राई र सौगात मल्ल अभिनित फिल्म ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक गरिएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ र सौगातलाई फरक गेटअपमा देख्न सकिन्छ ।'रेड बर्ड प्रोडक्सन'को प्रस्तुति रहेको फिल्मको फस्टलुकमा उपासना सिंह ठकुरी, उगेन छोदेन र बुद्धि तामाङ पनि छन् । फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन र जयन जे वाइबाको संगीत छ । फिल्म कात्तिक ४ गते प्रदर्शन हुने तयारीमा छ ।यस्तै, दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठको लगानीमा बनेको यो फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् ।
नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भेट गरी पार्टीका विभागलाई पूर्णता दिन आग्रह गर्नुभएको छ ।
राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमाथि छलफल भएको छ ।