• १२ असार २०८१, बुधबार

विजयनगरमा अस्पताल भवन शिलान्यास

blog

कपिलवस्तुको विजयनगर गाउँपालिकामा १५ शैय्याको अस्पताल भवनको शिलान्यास गरिदैन । तस्विर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु असार ६ गते । कपिलवस्तुको विजयनगर गाउँपालिकामा अस्पताल भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाको वडा ६ बदौर टोलमा एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले भवनको शिलान्यास गर्नुभयो ।  

जिल्लाको दुर्गम क्षेत्रको रुपमा चिनिदैआएको विजयनगर गाउँपालिकामा संघीयताको कारणले मुहार फेरेको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो । अस्पताल निर्माण सम्पन्न भएपछि स्थानीयले आधारभूत स्वास्थ्य सेवाको लागि अन्य अस्पताल पुग्नुपर्ने बाध्यताक अन्त्य हुनेमा अध्यक्ष थापा विश्वस्त गराउनुभयो ।  

गाउँपालिका उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीले अस्पतालसँगै विकासको लहर सुरु भएको बताउनुभयो । गाउँपालिकामा १५ शैययाको अस्पताल बनेपछि पालिकाका सबै जनता लाभान्वित हुने बताउनुभयो । अस्पतालमा जनरल फिजिसियन, प्रसुति, ल्याब, फार्मेसी, दाँत तथा आँखा उपचारमा आधारभूत तहको स्वास्थ्य सेवा प्रदान हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताउनुभयो । अस्पताल निर्माणमा १६ करोड ७ लाख ७१ हजार ३ सय ९४ रुपियाँ लागत लाग्ने बताइएको छ । दुई वर्षभित्र सक्नेगरी गाउँपालिकाले अस्पताल भवन निर्माणको काम थालिएको अध्यक्ष थापाले बताउनुभयो ।