• २७ वैशाख २०८१, बिहिबार

अर्थमन्त्रीको राजीनामा माग गर्दै एमाले सांसद बैठकबाट बाहिरिए

blog

काठमाडौं, असार ६ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरु प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले करको दायरा हेरफेरमा चलखेल गरेको आरोप लगाउँदै एमाले सांसद बैठकबाट बाहिरिएका हुन् ।

सोमबारको बैठकमा एमाले सांसद गोकुल बास्कोटाले अर्थमन्त्रीको राजीनामा माग गर्नुभएको छ ।

आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिका लागि कर र भन्सार दररेट तलमाथि गरेको भनेर अर्थमन्त्रीमाथि प्रश्न उठेपछि राजीनामा दिने कि नदिने ? छानबिनमा सहयोग गर्ने कि नगर्ने ? भन्दै उहाँले प्रश्न उठाउनुभएको छ ।

‘‘अर्थमन्त्रीको राजीनामा यो देशले खोजेको छ । अर्थमन्त्रीले मार्ग प्रसस्त गर्नुपर्छ र छानबिनका निम्ति सजिलो गर्नपर्छ । छानबिन समिति गठन हुनुपदर्छ ।,’’ सांसद बास्कोटाले भन्नुभयो, ‘‘यसभन्दा बाहेक अर्को ढङ्गले हामी जान सक्दैनौ ।’’

सांसद बास्कोटाले अर्थमन्त्री शर्माले दिने जवाफ आफूहरुले सुन्न नचाहेका जानकारी सदनलाई गराउनुहुँदै बैठक बहिस्कार गरेको जानकारी दिनुभयो ।