नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । उहाँलाई एमाले उपाध्यक्ष विष्णु पौडेल, केन्द्रीय सचिव छविलाल विश्वकर्मा, नेता लिला गिरी लगायतले पार्टीमा स्वागत गर्नुभयो ।
हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तरराष्ट्रिय उडान रद्द भएका छन्।
सरकारी र निजी क्षेत्रको सहकार्यमा ईभी प्रशिक्षण
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार धिमाल संग्रहालयको अवलोकन गर्नुभएको छ । झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा रहनुभएका ओली दमक –९ स्थित धिमाल संग्रहालय पुग्नुभएको हो ।
झापाको बिर्तामोडमा दुईवटा सवारीसाधन ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । दुर्घटना भित्री सडक खण्डमा शुक्रबार राति भएको हो ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई दमक –२ को हिमशिखर टोल विकास संस्थामा आयोजित कार्यक्रममा अभिनन्दन गरिएको छ । विकास निर्माण र राष्ट्रियताका पक्षमा लिएको अडान र अगुवाइको उच्च सम्मान गर्दै उहाँलाई अभिनन्दन गरिएको टोल विकास संस्थाले जनाएको छ ।
विक्रम संवत् २०८३ का तिथिमिति र काठमाडौँ उपत्यकाका चाडपर्वका विषयमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पदाधिकारीबिच छलफल भएको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन, रोजगारी र कृषि क्षेत्रको सुधारलाई केन्द्रमा राख्दै सरकारको कार्यशैलीप्रति कडा टिप्पणी गर्नुभएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको अनुगमनका लागि चारवटा स्वतन्त्र निकायले चार हजार निर्वाचन पर्यवेक्षक खटाउने भएका छन् ।
संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई अनावश्यक यात्रा नगर्न अनुरोध गरेको छ । मध्यपूर्वको बदलिँदो परिस्थितिलाई ध्यान दिँदै सावधानी अपनाउन अनुरोध गरेको हो ।
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
विभागीय टोली एपिएफ क्लब र नेपाल पुलिस क्लबले एन्फा राष्ट्रिय लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ ।
झापा क्षेत्र नम्बर ५ मा चुनावी समाचार संकलनका क्रममा रहनुभएका गोरखापत्रकर्मी अर्जुनकुमार आचार्यमाथि आक्रमण गर्नेहरूविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले काँग्रेसका वर्तमान सभापति गगन थापा र पूर्व सभापति शेरबहादुर देउवाको सम्पत्ति छानविन गरेर सुशासनको सुरुवात गर्ने बताउनुभएको छ।