स्थानीय बागेश्वरी मन्दिरको प्रसिद्ध तलाउ किनारमा मङ्गलबार बिहानै पुजन सामग्रीसहित सयौंको सङ्ख्यामा भेला भएका महिला र पुरुषहरुले उदाइरहेको सूर्यलाई अर्घ दिएर चार दिनसम्म मनाइने सूर्य उपासनाको महापर्व छठ सम्पन्न गरेका छन् ।
धनकुटाको सहिदभूमि गाउँपालिकालाई व्यापारिक घराना खेतान समूहको खेतान फाउन्डेसनले पाँच अर्ब रुपियाँ बराबरको सहयोग गर्ने भएको छ । आइतबार धनकुटाको सहिदभूमि गाउँपालिका र खेतान फाउन्डेसनबिच पालिकालाई पाँच अर्ब रुपियाँ बराबरको सहयोग हस्तान्तरण गर्ने सम्झौता भएको हो । गाउँपालिकाका तर्फबाट अध्यक्ष मनोज राई र खेतान फाउन्डेसनका तर्फबाट अध्यक्ष निर्मलमान सिंहले सहयोगका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
बेनीदेखि ताकमतर्फ जाँदै गरेको ग३च १३१३ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
नारायणी नदीमा आएको बाढीले भत्काएको तटबन्धको ड्याम मर्मत गरिएको छ । भरतपुर महानगरपालिकाको वडा नं. २६ को सिसईमा निर्माण गरिएको ड्याम गत भदौमा आएको बाढीले भत्काएको थियो ।
दसैँतिहारको बीचमा जिल्लाका विभिन्न स्थानमा लुकिछिपी जुवा खेल्दै आएका ८८ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूबाट ११ लाख ८६ हजार रुपियाँ बरामद गरेको छ ।
भलिबलको उर्वरभूमि मानिने पश्चिम बागलुङको गलकोट नगरपालिकामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिबल संघ बागलुङको आयोजना र गलकोट नगर भलिबल संघको समन्वयमा ‘गलकोट कप’ हुनेछ ।
सल्यानमा अवैध रूपमा भरुवा बन्दुक राखेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–७ पाखापानीका ५२ वर्षीय तिलक बहादुर रोकालाई प्रहरीले पक्राउ गरेको हो ।
पोकली झरना सेवा समाजको अध्यक्षमा कृष्ण ढुङ्गेल निर्वाचित हुनुभएको छ । समाजको सोमबार सम्पन्न नवौँ साधारणसभाबाट ढुङ्गेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
पूर्वी नेपालको संखुवासभा जिल्लाको किमाथांका क्षेत्र (नेपाल–चीन सीमा नजिक) केन्द्रबिन्दु भएर मङ्गलबार बिहान स्थानीय समय अनुसार ७ः३२ बजे ४.३ म्याग्निच्युडको भूकम्प आएको छ ।
झापाको मङ्गलबार बिहान बस दुर्घटना हुँदा चालकसहित १९ जना यात्रु घाइते भएका छन् । शिवसताक्षी नगरपालिका वडा नं. १० माईधार चौकस्थित पूर्व–पश्चिम राजमार्गमा भएको रात्री बस दुर्घटना भएको हो ।
यहाँका किसानद्वारा उत्पादित तरकारीमा विषादीको मात्रा वृद्धि हुँदै गएको छ । नेपालगञ्जस्थित केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा गत आर्थिक वर्ष २०८१/८२ मा नमुना परीक्षण गर्दा १० किसिमका तरकारीमा विषादीको मात्रा अत्यधिक फेला परेको प्रयोगशालाका नायब प्राविधिक सहायक गौरव चौधरीले जानकारी दिनुभयो ।
बागमती प्रदेश सरकारले खास उद्देश्यले निर्माण गरेका केही आयोजना सञ्चालन हुन नसक्दा ठुलो लगानी जोखिममा परेको छ । ठोस योजना र कार्यविधि बिना आयोजनामा लगानी खन्याउने प्रवृत्तिले जनता तिरेको करको दुरुपयोग हुने हो कि भन्ने आशङ्का बढेको छ ।
मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पछिल्लो वर्षमा माछाको तौलका साथै उत्पादन घट्दै गएको छ ।
“सामाजिक सञ्जालमा मानुङकोटका दृश्य देखेका थियौँ, आज प्रत्यक्ष आँखाले हेर्दा झनै मनमोहक लाग्यो”, पोखराकी लक्ष्मी कार्कीले भन्नुभयो, “यहाँबाट देखिने सूर्योदय, हिमशृङ्खलाले लोभ्यायो ।”
जिल्ला भलिबल सङ्घ बागलुङको आयोजना र गलकोट नगर भलिबल सङ्घको संयोजनमा यही कात्तिक १७ देखि ३० गतेसम्म विभिन्न चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।