• १६ फागुन २०८२, शनिबार

सवारी दुर्घटनामा एकको मृत्यु

blog

दुर्घटनामा परेको कार ।

लीलाराज खड्का 

बिर्तामोड, फागुन १६ गते । झापाको बिर्तामोडमा दुईवटा सवारीसाधन ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । दुर्घटना भित्री सडक खण्डमा शुक्रबार  राति भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा मेचीनगर –१३ चारआलीका २५ वर्षीय विशाल पौडेल रहनुभएको छ । उहाँको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

शुक्रबार राति ९ः२० बजे बिर्तामोड –४ स्थित निर्माणाधीन नागरिक सामुदायिक अस्पताल अगाडि हर्कलाल मार्गमा कार र मोटरसाइकल जुध्दा मोटरसाइकल चालक पौडेलको घटनास्थलमा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका कनकाई –६ का २५ वर्षीय चन्द्रकिशोर चापागाईं गम्भीर घाइते हुनुभएको छ । उहाँको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । उहाँको चिन्ताजनक अवस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदैगरेको बागमती प्रदेश ०१–०२५ च ६०५० नम्बरको कार र विपरित दिशाबाट आउँदैगरेको प्र १–०१–०१६ प ३९५९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

प्रहरीले कार चालक बिर्तामोड ६ का २५ वर्षीय चिराग सिन्हालाई नियन्त्रणमा लिएको छ । घटनाकारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।