किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र उपचारको क्रममा मृत्यु भएकी महिलाका आफन्तबिच सहमति भएको छ।
कैलालीको घोडाघोडी नगपालिका–१०, पहलमानपुरमा जारी तेस्रो मदन भण्डारी कप अन्तर पालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि मदन भण्डारी स्पोर्टस् एकेडेमी भजनी नगर कमिटीले हात पारेको छ ।
६ टोली सहभागी प्रतियोगितामा मङ्गलबार नेपालले माल्दिभ्सलाई ३–१ को सेटमा हरायो ।
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले युवालाई राहत हुनेगरी कार्यक्रम ल्याइने बताउनु भएको छ ।
प्रतिकुल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तरराष्ट्रिय दुबै उडान केही ढिला हुन गएका छन् ।
नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसीपको दोस्रो संस्करणको तयारी तिव्र गतिमा अगाडि बढिरहेको छ ।
बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाँउपालिका–६, चैनपुरमा मङ्गलबार कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
काटेर खेतमै सुकाएको धानको पाँजा रुझेपछि स्याङ्जाका कृषक चिन्तित बनेका छन् ।
अहिले निकै चलेको अन्नपूर्ण आधार शिविर आज भएको हिमपातका कारण रोकिएको छ ।
जलवायु परिवर्तनका कारण लगातार तीन वर्षसम्म राम्ररी हिउँ पर्न नसकेको हिमाली जिल्ला मुस्ताङमा यस वर्ष कात्तिकमै हिउँ परेको छ । आज बिहानदेखि परेको हिउँ निरन्तर परिरहेको छ । अक्सर मङ्सिर महिनाको अन्त्यतिर पर्नुपर्ने हिउँ कात्तिकमा नै परेको हो ।
खेलाडी र खेलकर्मीको उपलब्धी र सफलतालाई सम्मान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको लुम्बिनी स्पोर्ट्स अवार्ड छनोट समितिको संयोजकमा रमेश मल्ललाई मनोनित गरिएको छ ।
हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थलको मुक्तिनाथ मन्दिरमा बिहानैदेखि बाक्लाे हिमपातले मन्दिरमा दर्शन गर्न बिहानै पुगेका तीर्थयात्री तथा पर्यटकहरू समस्यामा परेका छन् ।
सार्वजनिक संस्थानलाई व्यावसायिक र रणनीतिक गरी दुई समूहमा वर्गीकरण गरिने भएको छ । सरकारद्वारा जारी ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ अनुसार दुई समूहमा वर्गीकरण गर्ने जनाइएको हो ।
दार्चुलाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार बिहानदेखि हिमपात भइरहेको छ ।
जापानमा यस वर्ष रेकर्डस्तरमा पुगेका भालु आक्रमणहरूका कारण उत्तर जापानका एक गभर्नरले सेनाबाट सहयोग माग्नुभएको छ । अकिता प्रान्तका गभर्नर केन्टा सुजुकीले मङ्गलबार रक्षामन्त्रीलाई सम्बोधन गर्दै ‘आत्मरक्षा बलको सहयोगबिना नागरिकहरूको जीवन रक्षा असम्भव भएको’ बताउनुभयो ।