प्रतिनिधि सभा सदस्य निर्वाचन सन्निकट छ । मत खसाल्न वा पात्र बदल्नकै लागि मात्रै पनि निर्वाचन हुन लागेको होइन । राजनीतिक दलको नागरिकसँग टुटेको सामाजिक सम्झौता, बिग्रँदो सार्वजनिक विश्वास र अन्तर्राष्ट्रिय छवि पुनस्र्थापित गर्न निर्वाचन हुँदै छ । नागरिकले आफूमाथि शासन गर्न दललाई दिएको विश्वासको दुरुपयोग र सेवा प्रवाहमा जवाफदेहिता नहुँदा निर्वाचन छिट्टै आयो ।
लोकतान्त्रिक शासनव्यवस्थामा निर्वाचनलाई केवल सरकार परिवर्तनको यान्त्रिक प्रक्रिया मात्र मानिँदैन, बरु यो एक महापर्व हो, जहाँ सार्वभौम जनताले आफ्ना प्रतिनिधिमार्फत आफ्नो भविष्यको मार्गचित्र कोर्ने गर्छन् । आधुनिक लोकतन्त्रको आधारशिला नै प्रतिनिधिमूलक शासनव्यवस्था हो । जनसाङ्ख्यिकीय आकार सानो हुँदाको प्रत्यक्ष लोकतन्त्रको अभ्यास–जहाँ सबै नागरिक एकै ठाउँमा भेला भएर निर्णय लिन्थे, आजको जटिल समाजमा सम्भव छैन । जनताका मुद्दाहरूमा गहन छलफल गर्ने, साझा धारणा बनाउने र त्यसलाई नीतिगत रूप दिएर कार्यान्वयन गर्ने जिम्मेवारी निर्वाचित प्रतिनिधिमा निहित हुन्छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि सल्यानमा दुई अस्थायी मतदानस्थल र तीन मतदान केन्द्र निर्धारण गरिएको छ ।
प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका लागि आउनुभएका एक जना वृद्ध बेपत्ता हुनुभएको छ । यही फागुन ८ गते पाथीभरा मन्दिर दर्शनका लागि आउनुभएका झापाको कमल गाउँपालिका–५ का टङकबहादुर खड्का बेपत्ता हुनुभएको हो ।
१०० वर्ष अघिको गोर्खापत्र
नागरिकले छानेका पात्र र प्रणालीबाट सञ्चालन हुने राजनीतिक व्यवस्था लोकतन्त्र हो । लोकतन्त्र आधुनिक समाजमा सबैभन्दा उन्नत शासनप्रणाली मानिएको छ । यो नागरिक सहभागिताबाट नागरिककै लागि सञ्चालन गरिने प्रणाली हो ।
हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल तथा अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ ।
चैत १९ देखि २३ गतेसम्म हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौँ संस्करणको तयारीमा चलचित्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ । नक्सालस्थित कान्तिपुर थिएटरमा निफले ‘हर सिनेमा, हर भोइस’ शीर्षकमा तीन महिला निर्देशक समुन्द्र भट्ट, उषा रजक र सङ्गीता श्रेष्ठसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ ।
नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपियाँ २७ पैसा र बिक्रीदर १४५ रुपियाँ ८७ पैसा तोकिएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।
संयुक्त अरब इमिरेट्स (युएई) मा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । दूतावासले शनिबार विज्ञप्ति जारी गर्दै मध्यपूर्वी क्षेत्रमा विकसित भएका परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले नेपाली नागरिकलाई अनावश्यक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको उडानमा हवाईयात्रुको चाप बढेको छ । आगामी बिहीबार हुने निर्वाचनको मिति नजिकिँदै गर्दा यहाँ भित्रिनेभन्दा बाहिरिने यात्रुको सङ्ख्या बढ्दै गएको विमानस्थल कार्यालयले जनाएको छ ।
विराटनगरस्थित नोबेल हस्पिटल एण्ड मेडिकल कलेजमा उपचारका क्रममा गलत औषधीको प्रयोग गर्दा मृत्यु भएको विषयलाई लिएर दर्ता भएको चिकित्कीय लापरबाही मुद्दा अन्तिम फैसलाको चरणमा पुगेको छ ।
पछिल्लो समय चाँदीमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । सुनसँगै चाँदीको मूल्य निरन्तर बढ्दै गएपछि लगानीकर्तामा आकर्षण बढ्न थालेको हो । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा ३३ करोड ८८ लाख २८ हजार रुपियाँ बराबरको एक हजार ५४० केजी चाँदी आयात भएको छ । गत वर्ष सो अवधिमा चार लाख ३१ हजार रुपियाँ बराबरको १५ केजी चाँदी आयात भएको थियो । लगानीकर्ताको अत्यधिक मागको कारणले यस वर्ष चाँदीको आयात अहिलेसम्मकै उच्च भएको भन्सार तथ्याङ्कले देखाएको छ । यस वर्ष चाँदीको मूल्य निरन्तर बढ्दै गएपछि लगानीकर्ताले चाँदीमा लगानी गर्न थालेपछि आयातमा ह्वात्तै बढेको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान कटौती नगर्न केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ । यही फागुन ११ गतेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो ।