• १६ फागुन २०८२, शनिबार

युएईमा रहेका नेपालीलाई अनावश्यक यात्रा नगर्न दूतावासको अनुरोध

blog

फाइल तस्बिर

काठमाडौँ, फागुन १६ गते । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई अनावश्यक यात्रा नगर्न अनुरोध गरेको छ । मध्यपूर्वको बदलिँदो परिस्थितिलाई ध्यान दिँदै  सावधानी अपनाउन अनुरोध गरेको हो ।

दूतावासले शनिबार  ‘ट्राभल एडभाइजरी’ जारी गर्दै युएई सरकारले जारी गरेका सुरक्षा मार्गदर्शन एवं सूचनाको पूर्ण पालना गर्न आग्रह गरेको छ । आपत्कालीन सुझाव, सल्लाह वा सहयोगका लागि अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सम्पर्कमा रहन अनुरोध गरिएको छ ।