कर्णाली राजमार्ग पहिरोले बन्द भएपछि जुम्लाको हवाई टिकटमा चाप परेका कारण टिकट वितरणमा नयाँ व्यवस्था सुरु गरिएको छ । टिकटका लागि विमानस्थलमा भीड बढेको र टिकट प्रणाली व्यवस्थापन गर्न कठिन भएपछि पहिलो चरणमा विमानस्थलमा पुगेका नागरिकलाई लाम लगाएर ११ वटा टिकटको दरले सातवटा उडानको रकम समेत उठाइएको छ ।
वर्षापछि मर्मत गरिएका जिल्लाका अधिकांश सडक पुनः अवरुद्ध भएका छन् । सदरमुकामबाट पालिका पुग्ने मुख्य सडक र अन्य ग्रामीण सडक मर्मतका लागि स्थानीय तह पुनः जुटेका हुन् । खलङ्गा–कालीमाटी, खलङ्गा–जयतपानी–सल्लीबजार, थारमारे–चौरपानी–चौरजहारी, श्रीनगर–दहखोला, मोखला–दमाचौरलगायत तीन दर्जन बढी सडक अवरुद्ध बनेका छन् । मर्मत गरेको केही दिनमा नै आएको वर्षाले पुनः सडक अवरुद्ध हुँदा पालिकालाई व्ययभार थपिएको छ । दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले सदरमुकामबाट पालिका जोड्ने मुख्य सडकलाई मर्मत गरी सञ्चालन गरिएको बताउनुभयो ।
काठमाडौं उपत्यकाको तापक्रम मङ्गलबार १२ डिग्री सेल्सियसमा झरेको छ । मनसुन बाहिरिएसँगै पछिल्लो समय न्यूनतम तापक्रम ह्वात्तै सुधार आउँदा चिसो बढेको छ ।
बागमती प्रदेशभित्रमा आफन्त नभएका असहाय बालबालिका राख्ने उद्देश्यले जिल्लाको पनौती नगरपालिका–५, गैह्रीगाउँमा निर्माण गरिएको प्रदेशस्तरीय बाल अधिकार संरक्षण भवन सञ्चालनमा अन्योल देखिएको छ। बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा निर्माण गरिएको भवन सञ्चालन गर्ने सम्बन्धमा प्रदेश सरकारले बजेट विनियोजन र बजेट कार्यान्वयन कार्यविधि तयार नगर्दा उक्त भवन कसले प्रयोग गर्ने भन्ने अन्योल बढेको हो।
सिन्धुली जिल्लाको सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था सिन्धुली अस्पताल चिकित्सकविहीन बन्दै गएको छ। विशेषज्ञ चिकित्सकको सरुवासँगै स्वास्थ्य सेवा प्रभावित भएको सिन्धुली अस्पतालले जनाएको छ। अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोखरेलका अनुसार चार महिनाको बीचमा बिनाजानकारी आठ जना विशेषज्ञसहितका चिकित्सकको सरुवा भएको छ।
बैङ्क तथा वित्तीय संस्थाले ब्याज बढाएको विरोधमा रुपन्देहीका उद्योगी व्यवसायीले सोमबार बुटवलमा प्रदर्शन गरेका छन् । बैङ्क तथा वित्तीय संस्था आफू मोटाउने र उद्योगी व्यवसायीलाई समाप्त पार्ने गरी ब्याजदरमा चर्को वृद्धि गरेको भन्दै रुपन्देहीमा क्रियाशील उद्योग वाणिज्य सङ्घको आह्वानमा विरोध प्रदर्शन भएको हो ।
बाँकेमा प्रतिनिधि सभाका तीन र प्रदेश सभाका छ निर्वाचन क्षेत्रमा जनताले पटक–पटक परीक्षण गरिसकेका र नयाँ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ। बाँके क्षेत्र नम्बर १ मा सत्तारूढ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का नेता एवं युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज उम्मेदवार हुनुहुन्छ। उहाँको सशक्त प्रतिद्वन्द्वीमा नेकपा (एमाले)का तर्फबाट सूर्य ढकाल उम्मेदवार देखिनुभएको छ। मन्त्री गहतराजको यो तेस्रो प्रतिस्पर्धा हो भने एमाले केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज ढकाल पहिलो पटक संसदीय राजनीतिमा उम्मेदवार बन्नुभएको छ। प्रदेश (क)मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कृष्ण केसी लगातार दोस्रो पटक प्रतिस्पर्धामा हुनुहुन्छ। यहाँ एमालेको समर्थनमा राप्रपाका नरेन्द्र पौडेल उम्मेदवार रहनुभएको छ।
आगामी मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेश सभाको निर्वाचनले पूर्वी नवलपरासी तातेको छ। जिल्लामा राजनीतिक दलहरूको भेटघाट, बैठक, अन्तक्र्रिया, भेला बाक्लो रूपमा सुरु भएको छ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको चुनाव नजिकिँदै जाँदा रौतहट जिल्लामा चुनावी प्रचारप्रसारमा तीव्रता आएको छ। चुनावको लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारसहित कार्यकर्ताहरूले आआफ्नो पक्षमा मतदातालाई रिझाउन प्रचारप्रसार तीव्र बनाएका छन्। मनोनयन दर्तापछि राजनीतिक दलका नेता, उम्मेदवार, कार्यकर्ता तथा समर्थकहरू गाउँमा गएर मतदातासँग भेटघाट गरिरहेका छन्।
लहान नगरपालिकाले त्यहाँको जेएस मुरारका बहुमुखी क्याम्पसलाई नगर बस हस्तान्तरण गरेको छ। टाढाबाट आउने विद्यार्थीलाई क्याम्पस आउन जान सहज होस् भन्ने उद्देश्यले बस हस्तारण गरिएको हो। लहान नगरप्रमुख महेशप्रसाद चौधरीले क्याम्पसको शैक्षिक विकासको लागि बस हस्तान्तर गरेको बताउनुभयो। प्रमुख चौधरीले थप्नुभयो, “मधेश प्रदेशकै नमूना क्याम्पसको रूपमा रहेको यस क्याम्पसको शैक्षिक उन्नयन र भौतिक विकासको लागि पहिलो सहयोग हो।
धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राईले आफू निर्वाचित भएदेखि धरानको खोला खोल्सामा अनुसन्धान गरी अल्पकालीन व्यवस्थाको लागि पानी ल्याउने कार्य सुरु गरेसँगै एक महिनामा उपमहानगरको लाखौँ रुपियाँ बचत भएको छ। धरानको स्वस्तिका चोकको खानेपानी ट्याङकीमा निशाने दोभानबाट पानी ल्याएपछि खानेपानी बोर्डले तिर्न‘पर्ने ३४ लाखमा १० लाख रुपियाँ बिजुलीको बिल घटेर आएको खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक इन्जिनियर राजु पोखरेलले बताउनुभयो।
रानी–धरान छ लेन सडकअन्तर्गत विराटनगर–इटहरी खण्डमा डिजाइन स्वीकृत गरिएको बाहेक अन्यत्र खुला गरिएका ‘क्रस पोइन्ट’ बन्द गरिने भएको छ । सडक सुरक्षाका हिसाबले डिभाइडर टुक्राएर जथाभाबी राखिएका ‘क्रस पोइन्ट’ जोखिम देखिएको भन्दै यस्तो स्थानमा डिभाइडर राखिने भएको हो ।
वर्षात् सक्किएर मौसम खुलेसँगै इलामका पर्यटकीय स्थलहरूमा आन्तरिक पर्यटकहरूको चहलपहल सुरु भएको छ । असोज अन्तिम साता यता प्रमुख पर्यटकीय गन्तव्य अन्तु र सन्दकपुरमा आन्तरिक पर्यटकहरूको चहलपहल सुरु भएको हो । विशेष गरी कात्तिक महिना लागेसँगै सूर्योदयको दृश्यावलोकन गर्न सकिने हुँदा अन्तु डाँडामा मात्रै दैनिक एक हजारभन्दा बढी पर्यटकहरू भित्रिन थालेको पर्यटन व्यवसायी सङ्घ अन्तुका सचिव रुद्र घिमिरेले बताउनुभयो ।
कोहलपुरमा पहिलो पटक प्रदर्शन गरिएको शिल्पी थिएटरको मुक्त रङ्गमञ्च नाटक ‘सानासाना सपना’को मञ्चनमा दर्शकहरूको उत्साहजनक उपस्थिति देखियो । नाटक हेरिसकेपछि धेरै दर्शकले निकै राम्रो प्रतिक्रिया दिएका छन् । नाटक हेरेका बहुसङ्ख्यकले नाटक धेरै उत्कृष्ट रहेको बताए । नाटकले भुइँ मान्छेहरूका ‘सानासाना सपना’ समेटेको छ ।
नेप्लिज फेसन होमद्वारा राजधानीमा शनिबार आयोजित ‘किड क्विन नेपाल २०२२’ को उपाधि १३ वर्षीया इरिना महर्जनले चुम्नुभएको छ । १८औँ संस्करणको प्रतियोगितामा महर्जनले मिस पब्लिक च्वाइस र तस्बिर मिस फोटोजेनिकको उपाधि पनि जित्नुभयो । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा इप्सा प्रजापति फस्र्ट र प्रिस्का पुलामी मगर सेकेन्ड रनरअप हुनुभयो । विजेताहरूलाई क्रमशः २५, १५ र १० हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको छ ।