• १३ साउन २०८१, आइतबार

विजयपछि बिर्सिन्छन् चुनावी आश्वासन

blog

कावासोती समाचारदाता 

कावासोती, कात्तिक १ गते । आगामी मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेश सभाको निर्वाचनले पूर्वी नवलपरासी तातेको छ। जिल्लामा राजनीतिक दलहरूको भेटघाट, बैठक, अन्तक्र्रिया, भेला बाक्लो रूपमा सुरु भएको छ।

मतदाता भेट्न, मत माग्न प्रत्येक निर्वाचनमा ठूलादेखि साना दलका नेताहरू दौडधुपमा छन्। उम्मेदवारहरू भोट माग्छन् अनि यो गर्छु, त्यो गर्छु, भनेर बाँचा गर्छन् तर चुनाव जितेपछि कहिल्यै फर्किंदैनन्। स्थानीय मतदाता नेताहरूको यस्तो व्यवहार देखेर आजित छन्। नेताहरू न त आफूले गरेका वाचा पूरा गर्छन न त मतदाताको समस्या नै बुझ्न पुग्छन्।

पूर्वी नवलपरासीको सङ्घीय निर्वाचन क्षेत्र नं. १ बाट चौथो पटक उम्मेदवारी दिनुभएका नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शशाङ्क कोइराला र नेकपा एमालेका कृष्ण पौडेल यसै निर्वाचन क्षेत्रबाट निर्वाचनमा होमिनुभएको छ। 

अहिले पनि निर्वाचनको माहोल सुरु भएलगत्तै उम्मेदवार र दलका नेताहरू भोट माग्न थाल्नुभएको छ तर उहाँहरूले अघिल्लो निर्वाचनमा गरेको बाचा भने अझै पूरा गर्न नसकेको कावासोती–१० का ओमकार घिमिरेको गुनासो रहेको छ।  

स्थानीय मतदाता घिमिरेले भन्नुभयो, “नवलपुर–१ बाट तीन पटक निर्वाचित हुनुभएका नेता कोइराला अहिले चौथो पटक चुनावी मैदानमा रहनुभएको छ।” तीन पटकसम्म विकास निर्माण र नीतिगत रूपमा काम गर्न नसकेको घिमिरेको आरोप रहेको छ। त्यसैगरी सङ्घीय निर्वाचन क्षेत्र नं. १ बाट डा. शशाङ्कसंग प्रतिस्पर्धीका रूपमा नेकपा एमालेका कृष्ण पौडेलले उम्मेदवारी दिनुभएको छ। २०६४ सालमा नवलपरासी क्षेत्र नं. ३ बाट चुनाव जितेका नेता पौडेलले आगामी चुनावमा विजयी संविधानलाई संस्थागत गर्दे ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माण गर्न आफ्नो उम्मेदवारी रहेको उहाँ बताउनुहुन्छ।

निर्वाचनको समयमा सबै नेता मत माग्न आउछन् तर जितेपछि अहिलेसम्म कुनै नेता नआउने भन्दै विकास गर्ने व्यतिmलाई आफूले मत दिने देवचुलीका जगनाथ शर्मा बताउनुहुन्छ।