यहाँको टेम्केमैयुङ गाउँपालिका–७, भोर्नागीमा अवस्थित प्रसिद्ध धार्मिकस्थल ‘सत्यदेवी मन्दिर’ ओझेलमा परेको छ । धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने यो देवस्थल प्रचार–प्रसारको अभावमा ओझेलमा परेको हो ।
दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित माध्यामिक विद्यालय कालाखोलामा अपाङ्गमैत्री भवन निर्माण गरिएको छ ।
कात्तिके वर्षा र हिमपातले जनजीवन प्रभावित भएको छ । हिमाली क्षेत्रको पदयात्रामा निस्केका हजारौँ पदयात्री वर्षा र हिमपातको चपेटामा परेका छन् । लेक लागेर तीन जनाको मृत्यु हुनुका साथै केही बिरामी परेका छन् । यो महिना आन्तरिक तथा बाह्य पर्यटकलाई हिमाली क्षेत्रको पदयात्रा गर्न उपयुक्त मानिँदै आएको छ । प्रायः ठुलो वर्षा, हिमपात र बढी चिसो पनि नहुने हुँदा यो महिना धेरै पदयात्री पदयात्रामा निस्कने गर्छन् तर अहिले नसोचेको हि
रौतहटका १८ मध्ये १२ वटा स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ १२ गते निमित्तका भरमा चल्दै आएका रौतहटका १६ वटा स्थानिय तहमा एकै पटक दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाएको थियो ।
भीरकोट नगरपालिका–४ सिसौघारीमा मन्दिरसहितको तलाउ निर्माण थालिएको छ । मन्दिरसहितको तलाउलाई धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिँदै आम्दानीको स्रोतको रुपमा विकास गर्ने उद्देश्यले पालिकाल निर्माण थालेको हो
आउँदो फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदै छ । निर्वाचनबारे राजनीतिक दलले आआफ्ना राय तथा तर्क पेस गर्दै संशय व्यक्त गरेका छन् । रिक्त जनप्रतिनिधिमूलक संस्था बहाली र लोकतन्त्रको सुदृढीकरणका लागि पनि घोषित मितिमा निर्वाचन हुन जरुरी छ । यसका लागि आवश्यक वातावरण बनाउने काममा सरकार लागि परेको छ । निर्वाचनकै विषयलाई लिएर राष्ट्रपति रामचन्द्र पौडेलले सरकारसहित राजनीतिक दलका प्रतिनि
दिगो विकास लक्ष्य दिगो विकास लक्ष्य एउटा साहसिक र विश्वव्यापी सम्झौता हो । जसले सन् २०३० सम्ममा सबै प्रकारका गरिबी उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिका लागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना गर्छ ।
कालीकोट जिल्लाका प्राय सबै स्थानीय तहले बिरामीका लागि भनेर एम्बुलेन्स सञ्चालनमा ल्याएपनि मर्मत सम्भारको अभावले प्रयोगविहीन हुँदै गएको छ ।
कुनै पनि मुलुकको आर्थिक, सामाजिक रूपान्तरणमा युवा पुस्ताको महìवपूर्ण भूमिका हुन्छ । नेपाली युवामा पनि त्यो क्षमता, केही गर्ने हुटहुटी र मातृभूमिप्रतिको अगाध स्नेह हुँदाहुँदै पनि अवसरको खोजीमा बिदेसिनुपर्ने बाध्यता छ । बाध्यताका बिच नव पुस्ताका रूपमा चिनिने ‘जेनजी’ आन्दोलनको परिणाम देशमा नयाँ राजनीतिक परिस्थितिको सिर्जना भएको छ ।
गुल्मीमा एक लाखभन्दा बढि नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन् । सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमाप्रति यस जिल्लाका नागरिकको आकर्षण बढ्दै गएको छ ।
चन्द्रागिरि नगरपालिकास्थित बलम्बुमा महालक्ष्मी जात्रा ‘लाः तिइ मर’ बुधबार सुरु भएको छ । वर्षभरिका २४ अष्टमीमध्येको मुख्य अष्टमी अर्थात् मुः अष्टमीबाट जात्रा सुरु हुन्छ । सो दिन ‘छ्वयल्बु’ गरी बलम्बुको नेवाः समुदायले आफ्नै लोकपरिकार छोयला, तखाः (थलथले), रक्सीलगायतका परिकार बनाउँछन् ।
पश्चिम नेपालका थारू समुदायको महत्वपूर्ण बर्कानाच आर्थिक अभावले सङ्कटमा पुगेको छ । विशेष गरेर दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा नाचिने बर्कानाच अहिले दाङमा मात्रै सीमित छ । त्यो पनि जिल्लाको एउटै गाउँमा कहिलेकाहीँ मात्र नाचिने अवस्था छ । थारू समुदायमा चाडपर्व अनुसार नाचिने महोत्या, मघौटा, छोक्रा, हुरडुङ्ग्या, झुम्रा, लट्हवा, लट्ठी, सख्या, पैयाँलगायत दर्जनौँ परम्परागत तथा मौलिक नाचमध्ये बर्कानाचको सांस्कृतिक र धार्मिक महत्व विशिष्ट रहेको पाइन्छ ।
केही महिना अगाडिसम्म भारतीय नम्बर प्लेटका गाडीहरु सिद्धार्थ राजमार्ग हुँदै निरन्तर ओहोरदोहोर भइरहन्थे ।
अङ्ग्रेजी महिनाको अन्तिम शक्रबार नेपालयको ‘आर’ शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रममा यस पटक ज्ञानु राणा प्रस्तुत हुनुहुने भएको छ । कार्यक्रम आउँदो शुक्रबार र शनिबार आयोजना हुँदै छ । ‘पलेँटी’ मा प्रसिद्ध लोककलाकार धर्मराज थापाको सम्झना पनि गरिने छ । ज्ञानु राणा कलाकार धर्मराज थापाकी सुपुत्री हुनुहुन्छ ।
चलचित्र ‘मनबिनाको धन’ को ट्रेलर सार्वजनिक गरिएको छ । बालगायक अशोक दर्जीको सङ्घर्ष देखाउन खोजिएको चलचित्रको ट्रेलरमा उहाँको सडक बालकदेखि साङ्गीतिक सफलतासम्मको कथा छ । ट्रेलरमा काठमाडौँमा बसोबास गर्ने भुईंमान्छे र मध्यमवर्गीय पात्रको सङ्घर्ष, सपना र पैसाका लागि बिदेसिन बाध्य हुने पात्रको यथार्थ पनि देखाइएको छ ।