कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गत भदौ २४ गते सुर्खेतमा जेनजी समूहको आन्दोलनका क्रममा पुगेको क्षतिलाई राजनीतिक दृष्टिले नहेर्न जाँचबुझ आयोगलाई आग्रह गर्नुभएको छ । बुधबार सुर्खेत आइपुगेको जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीसँग भेटका क्रममा उहाँले आन्दोलनको नाममा सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा गरिएको क्षतिको निष्पक्ष अध्ययन गरी सत्यतथ्य सार्वजनिक गर्न आयोगलाई सुझावसमेत दिनुभयो ।
जेनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट भागेका ३५० कैदीमध्ये अझै ९९ कैदी फरार छन् । कारागार कञ्चनपुरका अनुसार फरार रहेका कैदीबन्दीमध्ये जबरजस्ती करणी मुद्दामा २५ वर्षसम्म कैद भुक्तान गर्न बाँकी रहेका तीन जना कैदी फरार छन् । कञ्चनपुर कारागार निमित्त जेलर रामदत्त जोशीका अनुसार जबरजस्ती करणी मुद्दामा २६ वर्ष कैद तोकिएका शुक्लाफाँटा नगरपालिका–९ का ३५ वर्षीय शिवी टमाटा फरार छन् । सोही मुद्दामा २५ वर्ष कैद तोकिएका दोधारा चाँदनी नगरपालिका–७ का मुकेशबहादुर क्षेत्री पनि फरार छन् ।
समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई डिभिजन सडक कार्यालय भरतपुरको कारबाहीको तयारी थालेको छ । पटक पटक ताकिता गर्दासमेत निर्माणको काम सम्पन्न नगरेका पाँच वटा निर्माण कम्पनीलाई कारबाही किन नगर्ने भनेर सूचना प्रकाशित गरेको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेले कार्यालय अन्तर्गत रहेका विभिन्न पाँच वटा क्षेत्रमा निर्माणको ठेक्का पाएका कम्पनीले समयमा काम नगरेपछि कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १ मा प्रहरीमाथि हातपात र ढुङ्गा प्रहार भएको घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका अधिकांश घरका ढोकामा ताला लागेको छ । बसाइसराइँ र रोजगारी तथा व्यापारका लागि चीनको ताक्लकोट जाने भएका कारण लिमीका अधिकांश घरमा ताला लगाइएको हो ।
देशभरि डेडिकेटेड विद्युत महसुल नतिर्ने उद्योगहरूको लाइन काट्ने र उद्योगको साँचो बुझाउनेसम्मका कारबाहीहरू भइरहँदा पश्चिम नवलपरासीमा रहेका चारवटा बक्यौतादार उद्योगहरू भने फरक अवस्थामा देखिएका छन् ।
नेपालगञ्ज–गुलरिया सडकखण्डअन्तर्गत खजुरा गाउँपालिका–३ पेडारी नालामा चार लेनको पक्की पुल निर्माण सुरु भएको छ । छ दशकअघि पेडारी नाला निर्मित पुल साँघुरो र जीर्ण भएकाले नवनिर्माण थालिएको हो ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा आगलागीबाट नौ लाख बराबरको क्षति भएको छ । नगरपालिकाको वडा नम्बर १ कोशी ब्यारेजस्थित दुई घरमा आगलागी हुँदा नौ लाख रुपियाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
मधेस प्रदेशका महोत्तरीसहित जिल्लामा आज कुष्माण्ड नवमी पर्व मनाइँदैछ । अक्षय नवमी, धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्परा छ । यसैअनुसार यो पर्व सामूहिक भोजन गर्दै रमाइलो चाडबाडमा रूपमा मनाउने गरिन्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
यहाँ छाडा गाई रेखदेखका लागि गौ संरक्षण केन्द्र सञ्चालन गरिएको छ । यो केन्द्र विसं २०७६ देखि यहाँको व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालनमा छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्ड बिहीबार बिहानदेखि एकतर्फी सञ्चालन भइरहेको छ ।
यहाँको टेम्केमैयुङ गाउँपालिका–७, भोर्नागीमा अवस्थित प्रसिद्ध धार्मिकस्थल ‘सत्यदेवी मन्दिर’ ओझेलमा परेको छ । धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने यो देवस्थल प्रचार–प्रसारको अभावमा ओझेलमा परेको हो ।