अङ्ग्रेजी महिनाको अन्तिम शक्रबार नेपालयको ‘आर’ शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रममा यस पटक ज्ञानु राणा प्रस्तुत हुनुहुने भएको छ । कार्यक्रम आउँदो शुक्रबार र शनिबार आयोजना हुँदै छ । ‘पलेँटी’ मा प्रसिद्ध लोककलाकार धर्मराज थापाको सम्झना पनि गरिने छ । ज्ञानु राणा कलाकार धर्मराज थापाकी सुपुत्री हुनुहुन्छ ।
चलचित्र ‘मनबिनाको धन’ को ट्रेलर सार्वजनिक गरिएको छ । बालगायक अशोक दर्जीको सङ्घर्ष देखाउन खोजिएको चलचित्रको ट्रेलरमा उहाँको सडक बालकदेखि साङ्गीतिक सफलतासम्मको कथा छ । ट्रेलरमा काठमाडौँमा बसोबास गर्ने भुईंमान्छे र मध्यमवर्गीय पात्रको सङ्घर्ष, सपना र पैसाका लागि बिदेसिन बाध्य हुने पात्रको यथार्थ पनि देखाइएको छ ।
ट्रङ्क लाइन र डेडिकेटेड लाइनको महसुल तिर्न अस्वीकार गरेका रुपन्देहीका १३ उद्योगका सञ्चालकले आफूहरूको अडान कायम राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रने घोषणा गरेका छन् । बुधबार बसेको उद्योगी–व्यवसायीको बैठकले बिहीबार बिहान ११ बजे नेपाल विद्युत् प्राधिकरण कार्यालय अगाडि एक घन्टे धर्ना गर्ने निर्णय गरेको हो ।
नेपाल टेलिकमले देशका सबै अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलमा निःशुल्क वाइफाई उपलब्ध गराउने भएको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मङ्गलबारदेखि यस्तो सेवा सुरु गरेको हो । सो अभियान अन्तर्गत कम्पनीले पहिलो चरणमा मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा निःशुल्क वाइफाई आरम्भ गरेको छ । उक्त सुविधा अन्तर्राष्ट्रिय विमानस्थलको आगमन, प्रस्थान, विशिष्ट कक्ष तथा प्रतीक्षास्थललगायतका
नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन काटेपछि नौ दिनदेखि बन्द रहेको सुनसरीको रिलायन्स स्पिनिङ मिल्स खुल्ने निश्चित छैन । त्यस कारण त्यहाँ कार्यरत हजारौँ मजदुर सडकमा पुग्न लागेका छन् । प्राधिकरणले उद्योगको लाइन काटिदिएपछि देशकै ठुलो धागो उद्योगमा कार्यरत झन्डै चार हजार मजदुर मारमा परेका छन् । त्यसमा पनि ज्यालादारी तथा करार सेवाका कामदारले रोजगारी गुमाउनुपर्ने अवस्था छ ।
जिल्लाको शिवराज नगरपालिका १ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ८२ पैसा र बिक्रीदर १४१ रुपियाँ ४२ पैसा निर्धारण गरिएको छ ।
शिवनाथ धामको मेलाबाट फर्किने क्रममा मेलौली नगरपालिका–७ स्वाखानीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दैछ । आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बैठक बस्दैछ ।
हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अन्तरदेशीय विद्युत् व्यापारलाई अझै सघन बनाउने उद्देश्यसहित निर्माण प्रस्ताव गरिएका इनरुवा–पूर्णिया र लम्की–दोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न कम्पनी स्थापना र स्वपुँजी लगानी गर्न नेपाल र भारतबिच सम्झौता भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार गरेको भेटिए आफ्नै बुवालाई पनि खोरमा थुन्न तयार रहेको बताउनुभएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले प्रदेश सरकार सम्भावित विपत्तिको सामना गर्न पूर्ण तयारी अवस्थामा रहेको बताउनुभएको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा ठगीसम्बन्धी कसूरमा संलग्न भएको आरोपमा प्रभु ग्रुपका सञ्चालक तथा पूर्व सभासद् देवी प्रकाश भट्टचन पक्राउ परेका छन् ।
जेनजी प्रतिनिधिले चुनावसँगै सरकार भ्रष्टाचारविरुद्धको कारबाही र सुशासनका एजेन्डामासँगसँगै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।