कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ स्थित कर्णाली नदिमा फुकोट जलविद्युत आयोजनाको जेसीबी दुर्घटना हुँदा बेपत्ता भएका तीनमध्ये दुई जनाको शव फेला परेको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले घर–घरमा पुगेर अपाङ्ग तथा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने कार्यलाई निरन्तरता दिएको छ। गाउँपालिकाले ‘क’ र ‘ख’ वर्गका अपाङ्ग तथा ६८ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको निरन्तर स्वास्थ्य परीक्षण गर्दै आएको हो।
वैदेशिक रोजगारीमा राम्रो कमाइ नभएपछि गाउँ फर्किएर डोका, नाम्ला बुन्न सुरु गर्नुभएको खप्तड छेडेदह गाउँपालिका –६ बुडाबाडाका डम्मबहादुर बुढाले यसबाट राम्रो आम्दानी गर्न थाल्नुभएको छ ।
पोल्यान्डको राजधानी सहर वार्सामा नेपाली कन्सुलर कार्यालय स्थापना भएको छ ।
प्रत्यक्ष र समानुपातिकतर्फको सम्पूर्ण मत परिणाम आइसकेको छ । दलले समानुपातिकतर्फको सूची निर्वाचन आयोगमा पठाइसकेका छन् ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् सचिवालयका कर्मचारीहरूको सेवा सुविधा बढाउने अवस्था नरहेको स्पष्ट पार्नु भएको छ ।
धनुषामा स्रोत नखुलेको २४ लाख १७ हजार नेपाली रुपियाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
राष्ट्रिय गौरवको जलाशययुक्त बुढिगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल सुरुवात गर्न पहल गरिने पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बताउनुभएको छ।
लमजुङको राइनास नगरपालिकामा शैक्षिक सुधार कार्यक्रम सञ्चालन भइरहेको छ । नगरपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखाका कर्मचारीहरूले विद्यालय पुगेर त्यहाँको अवस्था बुझ्न थालेका छन् ।
वि.सं. २०७२ को विनाशकारी भूकम्पबाट क्षति पुगेका काभ्रेपलाञ्चोक जिल्लाका दुई दर्जन स्वास्थ्य संस्था पुनर्निर्माणको कामले गति लिएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकालाई स्पोर्टस सिटी (खेलकुद सहर) बनाउने उद्देश्यका साथ खेलकुद नगरी सम्भाव्यता अध्ययन तथा समन्वय समिति गठन गरिएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ऐन, नियम बनाउने क्रममा दलहरू विभाजित बन्नु नहुने बताउनुभएको छ ।
नायक पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइ पाँचौँ पटक स्थगित भएको छ । नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका शाहमाथिकाे सुनुवाइ आइतबार स्थगित भएपछि पुस ११ गते पेसी तोकिएको तनहुँ जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी दिनुभयो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१४ कुलेश्वर र ललितपुर महानगरपालिका –१७ बिएण्डबि आकासे पुल नजिक सडकमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
फिल्म ‘चि मुसी चि’को टिजर सार्वजनिक भएको छ । अरुण चक्रवर्तीको प्रस्तुतिमा तयार भएको फिल्मलाई एमी स्टुडियोको ब्यानरमा निर्माण गरिएको हो ।