लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पाँचदलीय सत्ता गठबन्धनको सरकारमा जाने विषयमा सहमत भएको छ । काठमाडौँमा मङ्गलबार बसेको लोसपाको केन्द्रीय शीर्ष नेतृत्वको बैठकले सरकारमा जान आफूहरू सहमत भएको लोसपाका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिनुभयो ।
गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे अध्यक्षमा निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा जुम्लाको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, महासचिवमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा निर्वाचित हुनुभएको छ ।
चोलेन्द्रशमशेर जबरा सेवा निवृत्त हुनुभएसँगै प्रधानन्यायाधीशको पद रिक्त भएको छ। सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की अहिले कायममुकायम प्रधानन्यायाधीश हुनुहुन्छ। जबराविरुद्ध प्रतिनिधि सभामा २०७८ फागुन १ गते महाभियोगको सूचना दर्ता भएसँगै सर्वोच्च कामु प्रधानन्यायाधीशको भरमा चल्दै आएको छ।
काभ्रेको बेथानचोक गाउँपालिकाको वडा नं ४ स्थित चलाल गणेशस्थानमा मंगलबार साँझ भएको दुर्घटनामा १७ जनाको मृत्यु भएको छ ।
सुदूरपश्चिमबाट प्रतिनिधि सभामा महिलाको प्रतिनिधित्व नै कम रहेको बेला कैलालीको निर्वाचन क्षेत्र नम्बर १ ले भने तीन जना महिला सांसद पाएको छ।
काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका-४ चलालगणेशस्थान नजिकै सल्लाफेदमा यात्रु बस दुर्घटना भएको छ। ढुङ्खर्कबाट पनौतीतर्फ आउँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस मङ्गलबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (केयू) को २८ औँ दीक्षान्त समारोह (पहिलो चरण) मा एक हजार छ सय भन्दा बढी विद्यार्थी दीक्षित हुने भएका छन्।
नेपालका आयुशमान हजुर घले २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को ब्वाइज सिंगल्समा मंगलबार क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ । नेपाल टेनिस संघको सहयोगमा मनजयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा आयुशले पाकिस्तानका जोहेब अफ्जल मलिकलाई ७–६(२) र ६–० को सेटमा पराजित गर्नुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसायीलाई मानव अधिकार हनन् हुन नदिन सचेत रहन आग्रह गर्नु भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाले हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान पुर्याउने बताउनुभएको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिकाले तम्घास बजारमा विद्युतका नयाँ पोलमा एबीसी केबल स्थानान्तरणको कार्य सुरु गरेको छ।
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने स्वामिकार्तिक गाउँपालिका–१ मुक्तिकोटकी १८ वर्षीय पवित्रा कडारालाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ ।
दर्ता नगरी सञ्चालन भइरहेका हजारौँ साना तथा मझौला व्यवसायीलाई करको दायरामा ल्याउने उद्देश्यले विराटनगर महानगरपालिकाले मंगलबारबाट व्यवसाय तथा करदाता सचेतना अभियान थालनी गरेको छ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जाजरकोटमा जीप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।