सप्तरी जिल्लामा चालू आर्थिक वर्षमा पन्ध्र सय ३१ महिला माथिको हिंसाको घटनामध्ये १७१ वटा घरेलु हिंसाको घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाउँछ । जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रहरीमा गएको घटना सङ्ख्या ६३, सिधँै प्रहरीमा गएको घटना सङ्ख्या ५८ वटा र पीडितले सीधा अदालत पुगेर दर्ता गराएका मुद्दा ५० गरी घरेलु हिंसाको सङ्ख्या जम्मा १७१ पुगेको हो ।
गुल्मीमा शैक्षिक धरोहरका रूपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको नयाँ भवन तथा अन्य भौतिक संरचना निर्माण गरिने भएको छ । रेसुङ्गा नगरपालिका–२ र ७ को साखिनेडाँडामा रहेको कुल १८ रोपनी जग्गामा क्याम्पसको नयाँ भवन तथा भौतिक संरचना निर्माण गरिने भएको हो ।
सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आँगन एउटै छ । एउटै आँगन भएका दुुई भवनमा बसेका सरकारी कार्यालयका अधिकारी यताबाट उता पठाउने उताका आउला भनेर कुरेको दुई वर्षभन्दा बढी भयो तर मन्त्रालयको चिठी संसदीय समितिमा पुुग्न सकेको छैन । पर्यटन मन्त्रालय मातहत रहेको तारागाउँ विकास समितिले उक्त मन्त्रालयमार्फत संसद् सचिवालयको दोस्रो तलामा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई २०७७ जेठ १९ गते लेखेको पत्र अझै समितिको टेबुुलमा पुुग्न सकेको छैन ।
तीन वर्षीय मोहन ठगुन्नालाई मुटुरोगले च्यापेको चार महिना भयो । बैतडी अस्पतालले उपचारका लागि बाहिर लान रेफर गरेको तीन महिना बितिसकेको छ । उपचार गर्ने रकम त परको कुरा, बालकका आमाबुवासँग काठमाडौँसम्म पुग्ने बसभाडासमेत नहुँदा मुटुरोगी बालक घरमै थन्किएका छन् ।
नेपालमा सञ्चालित बीमा कम्पनीहरूको सङ्ख्या झन्डै ५० प्रतिशतले घट्ने भएको छ । नियामक बीमा समितिले कम्पनीलाई पुँजी वृद्धिका लागि नयाँ निर्देशन दिएपछि कम्पनीहरू मर्जरमा लाग्दा सङ्ख्या घट्ने भएको हो ।
ढिलै भए पनि लामो समयदेखि जीर्ण भवनमा सञ्चालन हुँदै आएको दोलखा र सिन्धुपाल्चोक कार्यक्षेत्र रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चरीकोटको नयाँ भवन निर्माण हुने भएको छ ।भूकम्पले भत्काएको जीर्ण भवन निर्माणका लागि बागमती प्रदेशबाट डेढ करोड रुपियाँ बजेट विनियोजन भएपछि भवन निर्माण हुने भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चरीकोटका निमित्त प्रमुख पलट चौधरीले जानकारी दिनुभयो ।
कला र साहित्यको विस्तारदेखि समाज सेवाका विभिन्न क्षेत्रमा रहेर सफल र सार्थक भूमिका निर्वाह गर्नुभएका भीष्मराज फुलारा पुरस्कृत हुनुभएको छ । नागरिक समाजको १६औँ वार्षिक उत्सव तथा नागरिक क्रिएसन प्रालिको संयुक्त आयोजनामा आयोजित विशेष नागरिक पुरस्कार २०७९ सम्मान कार्यक्रममा फुलारा ‘विशेष नागरिक पुरस्कार २०७९’ बाट पुरस्कृत हुनुभएको हो ।
डा.आयुष्नोभा ढुङ्गाना चिकित्सक हुनुहुन्छ । उहाँ ‘मिस नेपाल २०२२’ मा पनि छनोट हुनुभएको थियो । सामाजिक कार्यमा रुचि राख्ने ढुङ्गाना यतिखेर मिस युनिभर्स नेपालको तयारीमा हुनुहुन्छ । उहाँले आफू चिकित्सक भएको नाताले सर्वसुलभ स्वास्थ्य सेवाका लागि सधैँ लागिपर्ने दृढता व्यक्त गर्न‘भयो । अनुवादको कार्य पनि उहाँले गर्दै आउनुभएको छ । मिस युनिभर्स नेपालको तयारीका बारेमा बहुप्रतिभाशाली ढुङ्गानासँग गोरखापत्रका लागि सुकृत नेपालले गरेको कुराकानी :
मंगलबार देखि थप सक्रिय बनेको मनसुनी प्रणाली बुधबार देखि थप देशैभर सक्रिय बनेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागमा सरदर स्थान भन्दा केहि उत्तरतिर र पश्चिमी भू–भागमा सरदरको आसपास अवस्थित रहेको छ। देशका केही स्थानहरूमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ।
इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका थप एक सय जनाको भिसा आएको छ । यसअघि इजरायलको परराष्ट्र मन्त्रालयमा कार्यरत टे«ड युनियनले आन्दोलनका कारण रोकिएको थियो । वैदेशिक रोजगार विभागले सूचनामार्फत एक सय जनाको रोस्टममा परेकालाई कोभिड १९ विरुद्धको खोप लगाएर छ महिना नकटेको कार्डसहित व्यवसायी तथा सीप विकास तालिम प्रतिष्ठान भैँसेपाटीमा साउन ४ गते सम्पर्क गर्न आग्रह गरिएको छ । साथै रोस्ट
प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सुदूरपश्चिम प्रदेश सभामा टेबुल भएको छ । आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले सो विधेयक प्रदेश सभामा टेबुल गर्नुभएको हो ।
वि.सं. २०६१ को हिउँदमा विद्रोही माओवादीविरुद्ध विद्रोह गरेका सर्वसाधारण नागरिकमाथि राज्यको बलमिच्याइँ कायम छ । उनीहरूले अहिलेसम्म आफ्नो जग्गा फिर्ता र क्षतिपूर्ति पाउन सकेका छैनन् । सो वर्षको कात्तिक २३ मा दुल्लु नगरपालिका–८ का राजु वज्राचार्यलाई माओवादी कार्यकर्ताले जबरजस्ती वडा जनसरकार प्रमुख घोषणा गरी ‘कम्ब्याट ड्रेस’ लगाइदिए । अर्को दिन सदरमुकामबाट सेना दुल्लु पुग्यो । मिलिसियाको पोसाक लगाएका राजु भाग्न खोजे । चिया पसलबाट ओरालो दौडिरहेका बेला सेनाको गोलीबाट राजु ढले ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एकै दिन शिलान्यास गरेका ३९६ अस्पतालमध्ये गुल्मी अस्पतालको अवस्था विजोग छ । २०७७ साल मङ्सिर १५ मा तामझाम तथा हतारहतारमा ती अस्पतालको शिलान्यास गरिएको थियो । केन्द्रीयमन्त्री, पूर्वमन्त्री, प्रदेश स्तरका मन्त्री र प्रदेश सभा सदस्यले गाउँगाउँ पुगेर एकै दिन तीनवटा अस्पतालको शिलान्यास गरेका थिए ।
अर्जुनचौपारी गाउँपालिका–६ का ९८ वर्षीय मोतीलाल तिवारी घरमै वृद्ध भत्ता पाएकोमा हर्षित हुनुभएको छ । घरदेखि तीन घण्टा लगाएर बैङ्कमा पुगेर घण्टौँ लाइनमा बसेर वृद्ध भत्ता लिने तिवारीले क्षणभरमै वृद्ध भत्ता पाउनुभएको हो ।
सर्लाहीको उत्तर–पूर्वी भेगमा पर्ने ईश्वरपुर नगरपालिका–१२, कालिञ्जोर दोङखोरियामा वनको जग्गा बेचबिखन गरी धमाधम घरटहरा निर्माण भइरहेका छन् । फूलजोर बाबा साझेदारी वनक्षेत्रको पलोट (चौडी)मा पक्की घरसमेत निर्माण भएका छन् ।