• १४ असार २०८१, शुक्रबार

क्याम्पसको नयाँ संरचना निर्माण हुने

blog

गुल्मी, साउन ४ गते । गुल्मीमा शैक्षिक धरोहरका रूपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको नयाँ भवन तथा अन्य भौतिक संरचना निर्माण गरिने भएको छ । रेसुङ्गा नगरपालिका–२ र ७ को साखिनेडाँडामा रहेको कुल १८ रोपनी जग्गामा क्याम्पसको नयाँ भवन तथा भौतिक संरचना निर्माण गरिने भएको हो । 

२०७२ सालमा गएको भूकम्प र त्यसपछि आएका परकम्पले क्याम्पसको प्रशासनिक भवन र प्राध्यापक निवासमा क्षति भएको विवरण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पेस गरेको क्याम्पस प्रमुख हरिबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार शिक्षा मन्त्रालयले भारतको एक्जिम बैङ्कसँग भवन निर्माणका लागि सम्झौता गरी विश्वविद्यालय र विश्वविद्यालयअन्तर्गतका क्याम्पस पुनर्निर्माण योजनाअन्र्तगत रेसुङ्गा बहुमुखी क्याम्पसलाई बजेट प्राप्त भएको हो । 

सोही कार्यक्रमअन्तर्गत रेसुङ्गा बहुमुखी क्याम्पसमा १५ करोड बराबरको भौतिक संरचना निर्माण हुन लागेको छ । क्याम्पसका लागि आवश्यक छात्रावास (महिला तथा पुरुष), सभाहल (बहुआयामिक-बहुउद्देश्य-कभर्डहल), पार्क गार्डेन÷-ल्यान्डस्केप- स्विमिङ पुल, बाउन्डरी वाल, गेट, पालेघरलगायत नयाँ संरचना निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । 

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, क्याम्पस प्रमुख, वडा नम्बर १ का अध्यक्ष रामप्रसाद पन्थी, क्याम्पसको सञ्चालक समिति, प्रशासनका पदाधिकारीबीच छलफल भएको छ । यसका लागि काठमाडाँैबाट विज्ञ प्राविधिज्ञको टोली रेसुङ्गा आएको छ । 

क्याम्पस प्रशासनले एक सय जना अट्ने होस्टलसहितको भवन, शैक्षिक एवं लाइब्रेरी भवन, खेलकुद मैदान, कभर्डहललगायतका संरचना बनाउने योजना सार्वजनिक गरेको छ । त्यसका लागि डीपीआर तयार गरी निर्माणको काम सुरु हुने क्याम्पस प्रमुख खत्रीले बताउनुभयो ।