जलवायु परिवर्तनबाट स्वास्थ्यमा जोखिम १. जलवायु परिवर्तन भन्नाले के बुझिन्छ ? जलवायु परिवर्तनका कारण सिर्जना हुने स्वास्थ्य जोखिम पहिचान गरी न्यूनीकरण गर्ने उपाय उल्लेख गर्नुहोस् । जलवायु परिवर्तनले कुनै स्थानविशेषको तापक्रम, आद्रता, वर्षा, हावाको बहाव आदिको लामो समयको औसत स्थितिमा फेरबदल भएको अवस्थालाई जनाउँछ । विश्वव्यापी रूपमा तापक्रम वृद्धि भइरहेका कारण पृथ्वी अहिले तीव्र जलवायु परिवर्तनको अवस्थामा रहेको छ । यसका कारण मानवजाति र
प्रत्येक सङ्घ संस्था आफ्ना निश्चित ऐन नियम, कानुनको परिधिअन्तर्गत सञ्चालित हुन्छन् । यिनै विषयले सङ्घ संस्थालाई मार्ग दर्शन गर्ने कार्यसमेत गरिरहेका हुन्छन् । तसर्थ नियम, कानुन र आचारहरूको परिपालना स्वच्छ, निष्पक्ष तथा गतिशील तवरले संस्था सञ्चालनका निम्ति अनिवार्य पक्ष हुन् ।
लोकतन्त्रमा प्राप्त अधिकार र शक्तिको सदुपयोग हुनु पर्दछ । शक्ति आर्जन गर्ने र न्यायपूर्ण तरिकाले शक्तिको उपयोग गर्ने दुई वटा महìवपूर्ण उद्देश्य राजनीतिले लिएको हुन्छ । न्यायपूर्ण सहभागिता राज्यका सबै संयन्त्रमा हुनु पर्दछ । महिलाको राजनीतिक सहभागिता गराउँदा सङ्ख्यात्मक प्रतिनिधित्वले मात्र महत्त्व पाउनु हुँदैन । महि
सङ्घीय संसद्ले संसद् अधिवेशन प्रारम्भ र अन्त्यको विषयलाई अनुमानयोग्य बनाउने गरी वार्षिक कार्यतालिकामा (क्यालेन्डर) निर्माणसम्बन्धी अध्ययन कार्य अघि बढाएको छ । संसदीय व्यवस्था रहेका मुलुकमा सदनको सञ्चालन अवधि, काम कारबाही, समिति सञ्चालनलगायतका व्यवस्था समेटेर क्यालेन्डर निर्माण गर्ने अभ्यास छ तर नेपालमा कार्यतालिका अनुसार संसद् चलाउने अभ्यास छैन । उक्त कमीलाई परिपूर्तिका लागि क्यालेन्डर निर्माणको अध्ययन थालिएको हो ।
डिभिजन वन कार्यालय दाङले सामुदायिक वनको खाली जग्गामा कुरिलो खेती सुरु गरेको छ । सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध विपन्न समुदायको आयआर्जनमा सहयोग पु-याउने उद्देश्यले खाली जमिनमा सो खेती गरिएको हो ।
इटहरीस्थित मुख्य चोकमा जडान गरिएको ट्राफिक लाइटको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मङ्गलबार उद्घाटन गर्नुभएको छ ।प्रदेश सरकारअन्तर्गतको यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको आर्थिक सहयोग र इटहरी उपमहानगरपालिका वडा नम्बर ६ को समन्वयमा इटहरीको मुख्य चोकमा जडान गरिएको ट्राफिक लाइटको औपचारिक सुरुवात भएको हो ।
जिल्ला सदरमुकाम मन्थलीमा निर्माणाधीन १५ श-याको अस्पतालमा काम गर्ने मजदुरहरू भुक्तानी नपाएपछि समस्यामा परेका छन् । अस्पताल निर्माणको काम निर्माण कम्पनीले अलपत्र अवस्थामा छाडेपछि गत मङ्सिरदेखि मजदुरहरू भुक्तानी नपाएर समस्यामा परेका हुन् ।
१. वि.सं. २०७८ को पुष्पलाल राष्ट्रिय पुरस्कार कस कसलाई प्रदान गरियो ? घनेन्द्र बस्नेत (राजनीतिक÷सैद्धान्तिकतर्फ), डा. ढाकाराम सापकोटा (इतिहास) र जगन्नाथ आचार्य (साहित्य, संस्कृति, विज्ञान) – २०७७ सालको यो पुरस्कार मोहनचन्द्र अधिकारी (राजनीतिक तथा सैद्धान्तिक), प्रा.डा. कृष्णप्रसाद पोखरेल (इतिहास) र पवित्रा घर्ती (साहित्य, संस्कृति तथा विज्ञान)लाई प्रदान गरिएको । – पुरस्कारको राशि नगद रु. एक लाख रहेको ।
समाजमा नैतिक मूल्य, मान्यता र मर्यादित आदर्शहरू रित्तिदै गएर व्यक्तिको आचारणमा भ्रष्ट तìवको प्रवेश भएपछि भ्रष्टाचारले जन्म लिन्छ । भ्रष्ट मनसाय राखेर नैतिक पतन हुने गरी नाजायज मुनाफा आर्जन गर्नका लागि गरिने पक्षपातपूर्ण निर्णय र निकृष्ट कर्म हो भ्रष्टाचार । अरूको देखासिकीको नक्कल र चाँडै धनी बन्न खोज्ने मनसायले व्यक्तिलाई भ्रष्टाचारतिर डोहो¥याउँछ । ट्रन्सपरेन्सी इन्टरनेसनलले १८० देशमा अध्ययन गरेर यही वर्ष निकालेको एक तथ्याङ्कअनुसार बढी भ्रष्टाचार हुनेमा नेपाल ११७ औँ स्थानमा छ ।
काठमाडौं, साउन ३ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ। मंगलबार पीसीआर परीक्षण गर्दा उहाँमा कोरोना पुष्टी भएको हो। उहाँलाई आइतबारदेखि सामान्य रुघा लागेको थियो भने सोमबार बिहानबाट हल्का ज्वरो आएको थियो। सोमबारदेखि नै चिकित्सकको निगरानीमा पुग्नु भएका पोखरेलले मंगलबार पीसीआर परीक्षणका लागि स्वाब दिनुभएको हो। उहाँलाई कोरोना संक्रमण भएको रिपोर्ट मंगलबार साँझ आएको हो। चिकित्सकका अनुसार उहाँलाई अहिले हल्का ज्वरो आए पनि अक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ। बुधबार बिहान उहाँको थप स्वास्थ्य परीक्षण गरिने भएको छ। हाल उहाँ पोखरास्थित सरकारी निवासमै आराम गरिरहनुभएको छ। कोरोना संक्रमण बढेकामा सतर्क रहन आग्रह गर्दै उहाँले मास्क, सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न अनुरोध गर्नुभएको छ।
दोस्रो पशुपतिनाथको नामले परिचित म्याग्दीको गलेश्वरधाममा साउनको पहिलो सोमबार मन्दिरमा भक्तजनले चढाएको भेटी गणनापछि मंगलबार सार्वजनिक गर्दै गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधिकारी ।
काठमाडौँको सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाबाट बचतकर्ताको ठूलो रकम ठगीमा मुछिएका मुख्य अभियुक्त इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङलाई प्रहरीले आज पक्राउ गरेको छ ।
काठमाडौं, साउन ३ गते। पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको जेठ १३ र १४ गतेको डिलिट भएको सीसीटीभी फुटेज रिकभर गर्नको लागि नेपाल प्रहरी अन्तर्गतको फरेन्सी ल्याबमा पठाउने भएको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले डिलिट भएको सीसीटीभी फुटेज रिकभर सम्भावना र उपायका विषयमा नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरोका विज्ञ र इन्जिनियरिङ अध्ययन संस्थानमा कार्यरत विज्ञसँग सुझाव लिएको हो। समितिका सचिव सुरेन्द्र अर्यालले समितिको बैठकमा विज्ञले डिलिट भएको सीसीटीभी फुटेज रिकभर हुने भए पनि रिकभर गर्न आधिकारिक सफट्वेयर आवश्यक हुने भएकाले हार्डडिक्सको अवस्थामा भरपर्ने भन्दै नेपाल प्रहरी अन्तर्गतको फरेन्सी ल्याबमा पठाउन उपयुक्त हुने सुझाव दिएको बताउनुभयो। समिति सचिव अर्यालले अर्थ मन्त्रालयले बजेट निर्माण गर्ने समयको फुटेज डिलिट भएको भन्दै अर्थ मन्त्रालयको समग्र सीसीटीभी सिस्टम नै समितिलाई दिएको बताउनुभयो। उहाँले समितिको आजको बैठकले अर्थ मन्त्रालयको समग्र सीसीटीभी सिस्टमलाई फुटेज रिकभर गर्नको लागि प्रक्रिया पुर्याएर प्रहरीको फरेन्सी ल्याबमा पठाउन निर्णय भएको बताउनुभएको हो। समितिले अर्थ मन्त्रालयका बजेट निर्माण सहयोगी भूमिका खेल्ने सामान्य कर्मचारीदेखि जेठ १३ र १४ गते अर्थ मन्त्रालयमा खटिने सुरक्षाकर्मीलाई समेत सोधपुछ गरिसकेको छ । समितिको बुधबारको बैठकमा बजेट निर्माण प्रक्रियामा विगतको अर्थ मन्त्रालयको अभ्यासका विषयमा अनुभवी पूर्वअर्थ सचिव र राजश्व सचिवसँग छलफल गर्ने तयारी गरेको छ। त्यस्तै समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा बाहिरी मान्छे प्रवेश गराएको समाचार बाहिर ल्याउने मिडियाका सम्पादकसँग पनि छलफल गर्ने तयारी रहेको छ। सचिव अर्यालले समितिले संसदले समितिलाई दिएको क्षेत्राअधिकार भित्र रहेर छानबिन कार्य गरिरहेको बताउनुभयो। उहाँले बुधबार वा बिहीबार बस्ने समिति बैठकमा निर्वतमान अर्थमन्त्री शर्मालाई सोधपुछको लागि बोलाउने तयारी रहेको बताउनुभयो। सचिव अर्यालले समितिले अहिलेसम्म अनुसन्धान क्रममा रहेकाले निर्णय कस्तो गर्ने भन्ने विषयमा नपुगेको बताउनुभयो। तत्कालीन अर्थमन्त्री शर्माले २०७९र०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्येरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ। पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो।