शोभित बस्नेत प्रस्तुतकर्ता रहनुभएको चलचित्र ‘जय हो’को सम्पूर्ण छायाङ्कन सकिएको छ । कास्की र मुस्ताङको विभिन्न स्थानमा चलचित्रको छायाङ्कन गरिएको हो । टेक पौरखी राईले निर्देशन गर्नुभएको चलचित्रमा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दीपा शाक्य श्रेष्ठ, सुबी मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठलगायतको अभिनय रहेको छ ।
नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा आज (सोमबार) बिहान ९ बजे बालकोट जाने कार्यक्रम तय भएको छ ।
हामीले सानैदेखि धेरै किसिमका कथा सुन्दै आएका हुन्छौँ । यस्ता कथामध्ये अधिकांश दन्त्य कथा वा परी कथाले आदिम मानव सभ्यता र सङ्घर्षलाई काल्पनिक कथानकमार्फत प्रस्तुत गर्छन् । अघिल्ला पुस्ताले आउँदा पुस्तालाई सुनाउने दन्त्य कथा वा परी कथामा पात्रले भोगेका, अनुभव गरेका घटनामार्फत वर्तमान समय र भावी पुस्तालाई केही सन्देश, केही शिक्षा दिने उद्देश्य हुन्छ । सतही रूपमा हेर्दा कतिपय सन्देश पुरातन र अन्धविश्वासी लागे पनि ती कथालाई हेर्ने दृष्टिकोण बदल्दा जीवनपयोगी शिल्प, तकनिकी र आग्रहसमेत भेटिन्छन् । प्रस्तुत नृत्य नाटिका ‘जून’ पनि हामीले बाल्यावस्थादेखि सुन्दै आएका त्यस्तै दन्त्य कथा र परी कथाको सङ्गम हो तर यसले दन्त्य कथा र परी कथाभन्दा बढी आधुनिक समाजमा काम लाग्न सक्ने विषय उठान गरेको छ ।
टेलिचलचित्र ‘केशरी’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । फस्ट लुकमा मुख्य पात्रलाई मात्र फिचर्ड गरिएको छ । पोस्टर राकेश दाहालले बनाउनुभएको हो । केशरी मुख्य भूमिकामा आशा भुसाल देखिनुभएको छ । उत्तम अधिकारीको लेखन तथा निर्देशनमा बनेको टेलिचलचित्रमा नारी वेदनाको कथालाई महत्वपूर्ण स्थान दिइएको छ ।
दलित समुदायलाई सशक्त बनाउन मधेश प्रदेश सरकारले बनाएको कानुन प्रभावकारी हुन सकेको छैन। कानुन बनेको तीन वर्षभन्दा बढी भइसक्दा पनि यसको कार्यान्वयन प्रभावकारी नभएको भन्दै दलित अगुवाहरूले चिन्ता व्यक्त गर्नुभएको छ। मधेश प्रदेश सरकारले २०७६ मङ्सिर २४ गते प्रमाणीकरण गरी दलित सशक्तीकरण ऐन २०७६ लागू गरेको दलित अगुवा विनोद विश्वकर्माले बताउनुभयो। यस ऐनअनुसार कामकारबाही नहुँदा उहाँले चिन्ता व्यक्त गर्नुभयो। दलित समुदायको सामाजिक, सांस्कृतिक, राजनीतिक, नागरिक
दाङको तुलसीपुरस्थित कारागार सुरक्षामा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार ले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् ।
लामो समयदेखि अधुरो रहेको सर्लाहीस्थित पूर्व–पश्चिम हुलाकी सडक निर्माणले अहिले भने गति लिन थालेको छ। ठेक्का लागेको छ वर्षसम्म पनि कालोपत्रे हुन नसकेको यो सडकमा हाल तीव्र गतिमा काम अघि बढेको हो। सदरमुकाम मलङ्गवादेखि पूर्वतर्फको खण्डमा कामै नभइरहेको अवस्थामा अहिले सो खण्डमा पनि धमाधम काम भइरहेको हुलाकी सडक आयोजना जनकपुरधामले जनाएको छ।
देशभर कृत्रिम पोखरी र ताल बनाएर जबरजस्ती पर्यटक तान्ने होडबाजी चलिरेहको छ तर मोरङको सुनवर्षी नगरपलिका–१, केचनाको ऐतिहासिक कमलपोखरी भने संरक्षणको अभावमा सुकेको छ। अहिले सुकेको पोखरीमा गाईभैँसी चरिरहेका छन्।
आठराई गाउँपालिका पर्यटन विकासको प्रचुर सम्भावना भएको क्षेत्र हो। यहाँका ऐतिहासिक, धार्मिक र मौलिक संस्कृतिको जगेर्ना गर्दै पर्यटन हबका रूपमा विकास गर्ने उद्देश्यसहित विभिन्न कार्य प्रारम्भ गरिएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै बालबालिकालाई खोप सुनिश्चित गर्नुपर्ने राज्यको दायित्व रहेको बताउनुभएको छ। प्रदेश राजधानी विराटनगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो। उहाँले आइतबार विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गर्नुभयो।
हेटौँडा औद्योगिक क्षेत्रभित्र लामो समयदेखि जीर्ण बनेको सडक स्तरोन्नतिसहित कालोपत्रे हुने भएको छ। औद्योगिक क्षेत्रभित्र झन्डै १९ किमि सडक रहेकोमा अधिकांश कि ग्राभेल सडक छ कि त कालोपत्रे भत्किएर जीर्ण अवस्थामा छ। हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कपडा उद्योगदेखि खाद्य उद्योगसम्म र कमाने गेटदेखि त्रिमूर्ति प्लास्टोसम्मको सडकखण्ड कालोपत्रे गर्न लागेको हो।
तनहुँमा आइतबार दिउँसो ४ः ३० बजे करेन्ट लागेर मोटरसाइकलमा सवार दुई शिक्षक गम्भीर घाइते हुनु भएको छ । घिरिङ गाउँपालिका –२ पार्वती आधारभूत विद्यालयमा कार्यरत शिक्षकहरू घाइते हुनु भएको हो ।
बागमती प्रदेशमा प्रहरीले हिरासतमा लिएका व्यक्तिलाई राख्न बनाइएका कतिपय थुनुवा कक्षमा क्षमताभन्दा बढी थुनुवा राखिएको पाइएको छ। राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय, हेटौँडाले प्रदेशका कतिपय जिल्लाको प्रहरी कार्यालयमा थुनुवा कक्षको क्षमताभन्दा बढी थुनुवा राख्ने गरेको जनाएको हो।
आइतबारदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ। नयाँ शैक्षिक सत्र सुरु भएसँगै अभिभावक आफ्ना बालबालिकाका लागि पुस्तक खरिद गर्न पुस्तक पसल तथा स्टेसनरी धाउने क्रम सुरु भएको छ। अघिल्ला वर्षहरूमा अभिभावकले पुस्तक खरिदमा केही प्रतिशत छुट पाउने गरे पनि यस वर्ष अधिकृत तथा खुद्रा पुस्तक व्यवसायीले छुट नदिएकोमा अभिभावकले गुनासो गरेका छन्।
तनहुँमा आइतबार साँझ ७ः४५ बजे जिप दुर्घटना हुँदा चालको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।