• १९ असार २०८१, बुधबार

‘केशरी’को फर्स्ट लुक पोस्टर सार्वजनिक

blog

काठमाडौँ, वैशाख ४ गते । टेलिचलचित्र ‘केशरी’को फर्स्ट  लुक पोस्टर सार्वजनिक गरिएको छ । फस्ट लुकमा मुख्य पात्रलाई मात्र फिचर्ड गरिएको छ । पोस्टर राकेश दाहालले बनाउनुभएको हो । केशरी मुख्य भूमिकामा आशा भुसाल देखिनुभएको छ । उत्तम अधिकारीको लेखन तथा निर्देशनमा बनेको टेलिचलचित्रमा नारी वेदनाको कथालाई महत्वपूर्ण स्थान दिइएको छ । 

चलचित्रका निर्माता रघुनाथ सापकोटा हुनुहुन्छ भने निर्माणमा उहाँलाई राजकुमार श्रेष्ठले सहयोग गर्नुभएको छ । चलचित्रको छायाङ्कन एलेक्स पुडासैनीले गर्नुभएको हो । चलचित्रमा आशासँगै लक्ष्मीनाथ तिमल्सिना, विनयराज पौडल, प्रदीपसिंह थापा, करुणा श्रेष्ठ, चण्डिका बस्नेत, रेशम फिरिरीलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र वैशाख अन्तिम साताबाट प्रसारण सुरु हुनेछ ।