आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सव रु पाँच करोड बराबरको कारोबार गर्दै सम्पन्न भएको छ । गत चैत २६ गतेदेखि सुरुआत भएको ११ औँ संस्करणको राष्ट्रिय हेमजा महोत्सवमा ८० टन आलु बिक्री हुँदा रु पाँच करोडको कारोबार भएको हो ।
म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनिया पर्यटक भित्रिएका छन् । वि.सं २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो ।
एड्रमेटोग्लिफिया रोगले मानिसको औँठाछाप मेटाइदिन्छ। यो एक वंशाणुगत रोग हो। सन् २००७ मा पहिलो पटक यो रोगको बिरामी पत्ता लागेको थियो। चाहे अपराधीलाई पक्रिन होस् वा हराएको मानिसको पहिचान गर्न औँठाछाप अर्थात् फिङ्गरप्रिन्ट सबैभन्दा उत्तम जैविक पहिचान हो। तपाईं चाहे नागरिकता वा बैङ्कमा खाता खोल्न जानुहोस् आफ्नो औँठाछाप लगाउनैपर्छ तर एउटा यस्तो रोग छ जुन लागेपछि शरीरमा अरू सबै त सामान्य नै हुन्छ तर बिरामीको हत्केलामा हस्तरेखादेखि औँलाका औँठाछा
भारतबाट फर्केका नागरिक तथा कोरोना सङ्क्रमितलाई राख्ने उद्देश्यले कैलालीमा निर्माण गरिएको एक हजार शøयाको सुविधा सम्पन्न होल्डिङ सेन्टर अलपत्र परेको छ। सङ्घीय सरकारको २८ करोड ८१ लाख १२ हजार रुपियाँ लगानीमा बनेको होल्डिङ सेन्टर प्रयोगमा नआई अलपत्र परेको हो। गत वर्ष जेठमा तयार भएको उक्त होल्डिङ सेन्टर एक वर्षदेखि प्रयोगविहीन छ।
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको छतबाट खसेर गम्भीर घाइते हुनुभएको छ ।
कर्णाली नदीको वारिपारि पचालझरना गाउँपालिका फैलिएको छ। पक्की पुल नहुँदा पचालझरना गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिन सकेको छैन। पचालझरना गाउँपालिका–१ देखि ५ वडासम्म यातायातका साधन सञ्चालनका लागि जोखिमपूर्ण रूपमा कर्णाली नदीबाटै गाडी तार्ने गरिएको छ। स्थानीय दत्तप्रसाद न्यौपानेले कर्णालीमा पुल नभएका कारणले गाउँका सडक सञ्चालनमा आउन नसकेको बताउनुभयो।
कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र सङ्घीय सरकारको बजेटबाट जाजरकोटमा ४७ वटा खानेपानी योजना निर्माण भइरहेको छ। खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय, जाजरकोटका प्रमुख ज्वालाराज शाहीका अनुसार यस वर्षका छवटा सिँचाइ योजना र १७ वटा खानेपानीका योजना निर्माण जारी छ। अघिल्लो वर्षका अधुरा १२ वटा सिँचाइ योजनासमेत यसै आर्थिक वर्षमा पूरा गर्ने गरी काम भइरहेको छ। अघिल्लो वर्षको अधुरा योजना पूरा भएमा जाजरकोटका अधिकांश ठाउँमा सिँचाइ तथा खानेपानीको सुविधा पुग्नेछ।
कर्णाली नदी किनारमा बस्ती तथा बजारवासीले कर्णाली नदी तथा अन्य खोलाका धमिलो र फोहोर पानी पिउन बाध्य छन्। खासगरी बाजुराको पिलुदेखि हुम्ला खार्पुनाथसम्मका कर्णाली किनार बासिन्दाले यो वर्षौंदेखि यो समस्या भोग्दै आएका छन्। बाजुराको पिलु बजारका व्यापारी रत्नकुमारी सिंहले खानेपानीको व्यवस्था नभएका कारण कोल्टी खोलाको फोहोर पानी प्रयोग गरिरहेको बताउनुभयो। उहाँका अनुसार हिउँदमा खोलाको पानी ठिकै भए पनि वर्षायाममा बालुवा र लेदो पानी छानेर प्रयोग गर्नुपर्ने अवस्था छ। खानेपानीको व्यवस्थाका लागि बूढीनन्दा नगरपालिकालाई आग्रह गर्दा माग सम्बोधन नभएका कारण खोलाको पानी स्थानीयले वर्षौंदेखि प्रयोग गर्नु परिरहेको गुनासो रत्नकुमारीको छ।
वैशाख महिना सुरु भएपछि म्याग्दीको विभिन्न ठाउँका जङ्गलमा भएको आगलागीले ७० हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको छ ।
विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएको छ । भर्ना अभियान चलेको छ । योे बालबालिकाका लागि सबैभन्दा खुसी र उमङ्गको बेला हो । विद्यालयमा जान पाउनु, नयाँ कक्षामा उक्लिनु अनि नयाँ किताब पाउनु आहा ! उहिल्यै नयाँ कक्षाका किताब दाजुदिदीले पढ्दा केरमेट गरेका, अलिअलि च्यातिएका भए पनि सस्तोमा किनेर पढ्न पाउँदा पनि उमङ्गित हुन्थे विद्यार्थी ।
विद्यालय जीवनको महत्त्वपूर्ण परीक्षाका रूपमा लिइने एसईई भर्खरै सकिएको छ । देशभरबाट चार लाख ८४ हजार २२७ विद्यार्थी यस पटक एसईई परीक्षामा सामेल भएका थिए । केही विसङ्गतिपूर्ण समाचारको निरन्तरतासँगै सारगत रूपमा एसईई मर्यादित ढङ्गले सम्पन्न भएको छ । वि.सं १९९० देखि सुरुवात भएको एसएलसी सरकारले विद्यालयीय शिक्षामा गरेको संशोधनसँगै एसईई भएको छ । शाब्दिक रूपमा केही भिन्नता भए पनि सारगत रूपमा भने एसएलसीसरहको मान्यता एसईईले पाइरहेको छ । एसईईका रूपमा विद्यार्थीलाई फलामे द्वारका रूपमा चित्रित भएको एसएलसीलाई केही सहज र खुकुलो बनाएको भए पनि अ
विकास र परिवर्तन नियमित प्रक्रिया हुन् । मानिसको सोच, क्षमता र समय सन्दर्भले विकासको मानक निर्धारण गर्छ । सामान्यतया मानव जीवनलाई अझ बढी समुन्नत र सुखी तुल्याउन अवलम्बन गरिने सकारात्मक परिवर्तनको प्रक्रिया वा यससम्बन्धी क्रियाकलापलाई विकासको रूपमा बुझिन्छ । मानव इतिहासको विभिन्न कालखण्डमा विकास वा सफलताका मानकको फरक फरक दृष्टिकोणबाट चर्चा गर्ने गरेको पाइन्छ । सिकारी वा घुमन्ते युगमा ठूलो जङ्गली जनावरको सिकार गरेर धेरै मानिसलाई भोजन उप
विधिशास्त्री साल्मन्डले “व्यक्ति त्यो हो, जसले अधिकार र कर्तव्य पूरा गर्न सक्छ” भने । प्राचीन रोमन कानुनमा दास–दासीहरूको आफ्नै अधिकार नहुने भएकोले उनीहरूलाई व्यक्तिको दर्जा दिइएन । मानिस जन्मेपछि व्यक्तिका अधिकारको सिर्जना हुने भन्ने मानिने भए पनि विकसित सम्पत्तिसम्बन्धी मान्यताले पेटमा भएका मानिसको र कतिपय अवस्था मरेपछि पनि व्यक्तिसरहका अधिकार सिर्जित हुने भन्ने विधिशास्त्रीय मान्यता छ । मृतकको शरीर तथा सम्पत्ति उसको इच्छाअनुसार कानुनबमोजिम