जाजरकोट समाचारदाता
जाजारकोट, वैशाख ४ गते । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र सङ्घीय सरकारको बजेटबाट जाजरकोटमा ४७ वटा खानेपानी योजना निर्माण भइरहेको छ। खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय, जाजरकोटका प्रमुख ज्वालाराज शाहीका अनुसार यस वर्षका छवटा सिँचाइ योजना र १७ वटा खानेपानीका योजना निर्माण जारी छ। अघिल्लो वर्षका अधुरा १२ वटा सिँचाइ योजनासमेत यसै आर्थिक वर्षमा पूरा गर्ने गरी काम भइरहेको छ। अघिल्लो वर्षको अधुरा योजना पूरा भएमा जाजरकोटका अधिकांश ठाउँमा सिँचाइ तथा खानेपानीको सुविधा पुग्नेछ।
चालु आर्थिक वर्षमा समेत जाजरकोटका स्थानीय तहमा एक सयभन्दा बढी योजनाको प्रारम्भिक अध्ययन गरिएको जनाइएको छ। केही योजना पालिका आफैँले निर्माण गरिरहेका छन्। भेरी बेसिन सिँचाइका योजनासमेत सम्भाव्यता अध्ययनकै अवस्थामा रहेको बताइएको छ।