भरतपुर, असार ३० गते। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीलाई कमभन्दा कम क्षति हुनेगरी प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा गठबन्धन गर्नुपर्ने बताउनुभएको छ। शनिबार भरतपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता कोइरालाले यस्तो बताउनुभएको हो। यो विषयमा केन्द्रीय समितिमा व्यापक छलफल भइरहेको र त्यसले आवश्यक निर्णय लिने उहाँको भनाइ छ। नेता कोइरालाले भन्नुभयो, ‘गठबन्धनबारे केन्द्रीय समिति बैठकमा व्यापक छलफल भइरहेको छ। तर, गठबन्धन गर्दा नेपाली कांग्रेसलाई कमभन्दा कम क्षति हुने गरी जानुपर्छ।’’नेता कोइरालाले पार्टीको विधान अनुसार अझै केन्द्रीय कोषाध्यक्ष समेत चयन गर्न नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ। उहाँले पार्टीलाई विधि र विधानमा हिँडाउन नेतृत्वलाई सचेत गराउने काम आफूहरुले गरिरहने बताउनुभयो।
ऋत एकेडेमी ‘ए’ र ग्रिनल्यान्ड ‘बी’ प्रथम एन्जल्स एसइइ कप थ्री अन थ्री छात्र बास्केटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । एन्जल्स हार्ट माबि र कलेजको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ऋत ‘ए’ ले महामञ्जुश्रीलाई १०–८ ले हरायो । ग्रिनल्यान्ड ‘बी’ ले न्यु जेनिथ ‘ए’ लाई ८–७ ले हरायो ।
रेस्लर भगवती खड्का (युनिका) को नेतृत्वमा सात सदस्यीय भक्तपुर जिल्ला स्पोर्ट्स युनियन नेपालको गठन गरिएको छ । भक्तपुरमा शनिबार भएको भेलाले भगवतीको अध्यक्षतामा सात सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो ।
मनसुन पानी पर्ने समय। तर, मनसुनमा कुन दिन पानी पर्छ भन्ने कुरा यत्तिकै ठ्याक्कै भन्न सकिँदैन। मौसमविद्ले वर्षाबारे पूर्वानुमानसहितको जानकारी दिने गर्छन्। तर, मौसमविद्बारे जानकारीसमेत नभएका हाम्रा किसानको सम्भावित वर्षाबारे थाहा पाउने तरिका भने फरक छ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसलाई कमभन्दा कम क्षति हुनेगरी चुनावी तालमेल गर्नुपर्ने बताउनुभएको छ । डा. कृष्णप्रसाद पौडेलले लेख्नु भएको लय छुटेको समय पुस्तक शनिवार गैंडाकोटमा बिमोचन गर्ने कार्यक्रममा कोइरालाले त्यस्तो बताउनुभएको हो । चुनावी तालमेल गर्दा कांग्रेसको भविश्यलार्इ ध्यान दिएर गर्नुपर्ने बताउनुभयो ।
व्यवस्थापन केन्द्र बनेर व्यवपस्थित हुन नसकेको अर्जुन चौपारी गाउँपालिका बजारको फोहोर व्यवस्थापनमा युवाले चासो देखाएका छन्।
गुल्मी, असार ३२ गते । शनिबार बिहान करिब साढे सात बज्दै थियो । रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीको सक्रियतामा जिल्लाका विशिष्ट व्यक्तित्व हातमा कुचो लिएर सदरमुकाम तम्घासमा सरसफाइमा व्यस्त हुनुहुन्थ्यो। तम्घास बजारको मुख्य ठाउँ जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय, चिदिचौर र प्रहरी कार्यालय अगाडि हुँदै जिल्ला अस्पताल तम्घाससम्मको सरफाइ गरिएको हो । सरसफाइ अभियानमा जिल्ला समन्व्य समितिका प्रमुख द्रोणबहादुर खत्री, रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर दाहाल लगायतका विशिष्ट व्यक्तित्वहरु समेत सक्रिय रुपमा सहभागी बन्नुभएको थियो।
पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुलुकमा एक सातादेखि कोरोनाबाट सङ्क्रमण हुने दर दैनिका उकालो लाग्दै गएको छ ।
चन्द्र पन्दाकताप्लेजुङ, असार ३२ गते। नेकपा (माओवादी केन्द्र) ले ताप्लेजुङको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमलाई कारबाहीको सिफारिस गरेको छ। पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएकोभन्दै १ नम्बर प्रदेश समितिले केन्द्रीय समितिसमक्ष वनेमलाई कारबाहीको सिफारिस गरेको हो।माओवादी केन्द्र १ नम्बर प्रदेश समितिले केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्र लेख्दै वनेमलाई प्रदेश समितिको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरी आवश्यक छानविन र कारबाहीको लागि सिफारिस गरेको हो। प्रदेश समितिले गत असार ३ गते सोधेको स्पष्टीकरणको जवाफ वनेमले ५ गते बुझाएको भए पनि चित्तबुझ्दो नभएकोले आवश्यक कारबाहीका लागि सिफारिस गरिएको प्रदेश समिति अध्यक्ष हर्कबहादुर नेम्बाङ र सचिव गणेश उप्रेतीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ। माओवादी केन्द्र प्रदेश समितिका सचिवालय सदस्यसमेत रहेका वनेमले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रयोग गर्न दिइएको उम्मेदवार मनोनयनपत्र (टिकट) को दुरुपयोग गरी पार्टीलाई ठूलो क्षति पुर्याएकाले कारबाहीको सिफारिस गरिएको जनाइएको छ। जिल्ला समन्वय समिति चयनका क्रममा पार्टीको निर्णय विपरीत वनेमले आफू प्रस्तावक रही माओवादी केन्द्र फुङ्लिङ नगर समितिका अध्यक्ष गङ्गाराम शङ्खरलाई प्रमुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको थियो। पार्टीको निर्णयविरुद्ध जिल्ला समन्वय समिति प्रमुख पदमा शङ्खरलाई उम्मेदवारी दर्ता गर्न लगाएर पार्टीलाई गम्भीर क्षति पु¥याएकाले कारबाहीका लागि सिफारिस गरिएको माओवादी केन्द्रको १ नम्बर प्रदेश समितिले जनाएको छ। यता पार्टीका फुङ्लिङ नगरसमिति अध्यक्ष तथा नगर कार्यपालिका सदस्य शङ्खरलाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरेको प्रदेश समितिले जनाएको छ।प्रदेश समितिले जिल्ला समन्वय समिति ताप्लेजुङका संयोजक विष्णुकुमार हाङ्बाङ र नगर समिति इन्चार्ज बमबहादुर भट्टराई (तारा) लाई पत्र पठाउँदै शङ्खरलाई निष्कासित गरेको जानकारी गराएको छ। वर्तमान सत्ता गठबन्धनबाट स्थानीय तहको निर्वाचनमा सहभागी भएको माओवादी केन्द्रलाई जिल्ला समन्वय समितिको प्रमुख पद आफ्नो भागमा परेको थियो। माओवादीका आधिकारिक उम्मेदवारले मनोनयन दर्ता गर्न नपाएपछि गठबन्धन साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष छिरिङ लामा जिल्ला समन्वय समितिको प्रमुख बन्नुभएको छ।
राष्ट्रिय वाणिज्य बैङकले शनिबार बिदाको दिनमा पनि आफ्नो सेवा सुुचारु गरेको छ । आर्थिक वर्षको अन्तिम समय भएका कारण गाउँबाट सेवाग्राही भुक्तानी लिन आएकाले बिदाको दिन पनि सेवा सुचारु गरेको बैंकका कर्मचारीको भनाइ छ ।
नेपाली फिल्म सम्झना बिसर्ना देशभरका हलहरुमा प्रदर्शनमा आएको छ । फिल्म शुक्रबारबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आएको हो ।
साउनभरी नारीले हरियो, पहेलो, रातो रङ्गका पहिरन, चुरापोते, मेहन्दी लगाउने चलनले यतिबेला सर्लाहीमा शृङ्गारका सामानको व्यापार बढेको छ । साउनका लागि भनेर त्यस्ता सामान किन्नेको बजारमा भीड लागेको छ ।
केही दिन पानी नपर्दा अत्यधिक गर्मीले बाँकेसहित पश्चिमका तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ।
काठमाडौं, असार ३२ गते। गृहमन्त्री बालकृष्ण खाणले जङ्गली जनावर र नागरिकबीचको द्वन्द्व समाधानका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा सम्बन्धित मन्त्रालय र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग कुराकानी गर्नुभएको छ।गृहमन्त्री खाणले वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेल, बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग वन्यजन्तु र नागरिकबीचको दूरी कम गर्न कसरी अगाडि बढ्ने भन्ने विषयमा टेलिफोनमा कुराकानी गर्नुभएको हो।झापामा जङ्गली हात्ती मृत भेटिएको र बर्दियामा नागरिकमाथि पटक पटक बाघको आक्रमण हुन थालेपछि समस्या समाधानको पहलका लागि गृहमन्त्री खाणले सम्बन्धित निकायका प्रमुखसँग कुराकानी गर्नुभएको हो। बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १, २ र ३ मा जंगली जनावरले नागरिकलाई पटक-पटक आक्रमण गर्ने गरेका छन्। गत जेठमा बाघले पटकपटक आक्रमण गरेपछि मधुवन नगरपालिकाको वडा नम्बर २ ओराली बजारका स्थानीय बासिन्दाले आन्दोलन गरेका थिए। आन्दोलनका क्रममा प्रहरीसँग झडप हुने अवस्था आएको थियो।त्यसपछि मधुवन नगरपालिका प्रमुख तेजबहादुर भाटसहित टोलीले काठमाडौँ आएर प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर वन्यजन्तुको आक्रमणबाट रोक्न जंगल र बस्तीबीचमा तारबारको व्यवस्था गर्न माग गरेको थियो। त्यो तारबार कसरी र कुन निकायको मार्फत् गर्ने भनेर गृहमन्त्री खाणले आफूसँग छलफल गरेको बर्दियाका प्रजिअ बस्तोलाले जानकारी दिनुभयो।''जङ्गली जनावर र नागरिकबीचको दूरी बढाउन कसरी कुन निकायमार्फत अगाडि बढ्ने भन्ने विषयमा गृहमन्त्रीले टेलिफोनमा कुराकानी गर्नुभएको थियो। मैले वन मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्दा उपयुक्त हुने बताए,'' प्रजिअ बस्तोलाले भन्नुभयो। झापामा पछिल्लो एक महिनामा तीन जंगली हात्ती मृत फेला परेका छन्। दुई वयस्क र एक बच्चा हात्ती के कारणले मरे भन्ने निश्चित भएको छैन। प्रकृति संरक्षण कोषले हात्ती मृत भेटिएको कारण पत्ता लगाउन छानबिन समिति बनाएको छ।गृहमन्त्री खाणले वनसचिव कँडेलसँग पनि जंगली जनाबर बस्तीमा पस्न नदिन के के गरेर समस्या समाधान गर्न सकिन्छ भनेर छलफल गर्नुभएको हो।गृहमन्त्री खाणले झापाका प्रजिअ रिजालसँग त्यो घटना कसरी हुन गयो र यस्ता घटना हुन नदिन कसरी अगाडि बढ्नुपर्छ भनेर कुराकानी गर्नुभएको हो। त्यहाँ पनि नागरिक र वन्यजन्तुबीचको दूरी बढाउने र आक्रमणको अवस्था कम गर्दै समस्याको समाधान निकाल्ने तयारीमा सरकार लागिरहेको छ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपालले अहिले नामिबियाविरुद्ध पहिलो बलिङ गर्ने भएको छ । स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा खेलिन लागेको खेलमा नामिबियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । नामिबियाविरुद्ध नेपालले टोलीमा एक खेलाडी परिवर्तन गरेको छ ।