• १३ साउन २०८१, आइतबार

थप २०५ सङ्क्रमित हुँदा ५१ जना सङ्क्रमण मुक्त

blog

काठमाडौं, असार ३२ गते । पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुलुकमा एक सातादेखि कोरोनाबाट सङ्क्रमण हुने दर दैनिका उकालो लाग्दै गएको छ ।

शनिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाले सार्वजनिक गरेको तथ्याङ्कमा पछिल्लो २४ घण्टामा तीन हजार ९० जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षा गर्दा २०५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समLर अधिकारीका अनुसार एक हजार १९९ जनाको आरटी पीसीआर परीक्षण गर्दा १५२ जनामा र एक हजार ८९१ जनाको एन्टिजेन परीक्षण गदाए ५३ जनामा सङ्क्रमण देखिएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ५१ जना सङ्क्रमणमुक्त भएका छन् । सोही समयमा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । यसैगरी, २४ घण्टामा एक लाख ८२ हजार ९८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मुलुकमा हाल एक हजार ३८५ जना सक्रिय सङ्क्रमित छन् ।