जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा पूर्वी र मध्यभागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।
बिपी राजमार्ग अन्तर्गत पर्ने वैकल्पिक राजमार्ग हालसम्म पूर्ण रूपमा सुचारु नभएको ट्राफिक प्रहरीले जनाएको छ ।
रामेश्वर ढकालको शब्द/सङ्गीतमा झ्याउरे लयको ‘राम्दी मेलैमा’ बोल गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा रामेश्वर ढकाल, शीतल भण्डारी, विनोद अर्याल, लालमाया थापा पुन, सुप्रिम ढकाल र सम्झना रणपालको स्वर रहेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार विदेशी मुद्राको विनिमय दर आज स्थिर छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरेको छ ।
नेपालगन्जको रामलीला मैदानमा दसैँको अवसर पारेर रामलीला मञ्चन भइरहेको छ । भारत वृन्दावनबाट कलाकारले रामलीला प्रदर्शन गरिरहेका छन् ।
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गका पीडितको रु ५३ करोड एक वर्ष पुग्दा पनि धरौटी खातामा जम्मा हुन सकेको छैन ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सञ्चालन गरेको मोबाइल फुड ल्याब भ्यानको प्रयोग गरी काठमाडौँको पेप्सीकोला क्षेत्रमा खाद्य पदार्थको निरीक्षण तथा अनुगमनका क्रममा कतिपयमा अखाद्य वस्तु फेला परेका छन् ।
नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले धार्मिक पर्यटकीय स्थलको विकासका लागि प्राथमिकता दिएको बताउनुभएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ ।
समाजमा शिक्षकले पुर्याएको योगदानको कदर गर्दै शनिबार विश्वभर एक साथ विश्व शिक्षक दिवस मनाइएको छ ।
हरियाणामा शनिबार साँझ पाँच बजेसम्म ६१ प्रतिशत मतदान भएको छ । राज्यभर भएको एकल चरणको विधानसभा चुनावमा सबै ९० सीटहरुका लागि मतदान भएको हो ।
इजरायलले गत महिनादेखि लेबनानमा तीव्र गोलाबारी गरेपछि चीनले आफ्ना २१५ जना नागरिकलाई उद्धार गरेको छ ।
वरिष्ठ समाजसेवी गङ्गा पन्तको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन गरिएको छ। सङ्खुवासभाको चैनपुरमा जन्मेर पन्तले आफ्नो जीवनमा गरेका संघर्षबारे लेखेको उक्त पुस्तकको आज उहाँले विमोचन गर्नुभयो।
गत साता आएको बाढीपहिरोपछि क्षतविक्षत भएको हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडक आइतबारबाट सञ्चालन हुनेभएको छ ।