यहाँस्थित ताँजकोट गाउँपालिका-४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्युभएको छ ।
अविरल वर्षासँगै बिग्रेका सडक सहज बनाउन खाल्डा पुर्न थालिएको छ । सन्धिखर्क नगरपालिकाले अविरल बर्षाले अवरूद्व भएका सडक वडा तहमा तथा सवारी साधनको आवत–जावतले सडकमा परेका खाडलहरु पुर्न सुरु गरिएको हो ।
ताप्लेजुङमा खोलाले बगाएर दुई बालबालिका बेपत्ता भएका छन्। जिल्लाको मैवाखोला र मेरिङ्देन गाउँपालिकाको सिमाना भई बग्ने मैवा खोलाले बगाएर दुई बालबालिका बेपत्ता भएका हुन्।
मर्मत गर्ने क्रममा शुक्रबार दिउँसोदेखि मेची राजमार्ग अन्तर्गत इलामको माइखोलामाथिको खण्ड अवरुद्ध भएपछि यात्रुले सास्ती व्यहोर्नु परेको छ । विशेषगरी विरामी, ज्येष्ठनागरिक र अपाङता भएका व्यक्तिलाई राजमार्गको यो स्थान अवरुद्ध हुँदा समस्या भएको हो ।
राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको छ ।
नेपाल एयरलाइन्सका क्याबिन क्रु (विमान परिचारक र परिचारिका) आन्दोलन फिर्ता लिन सहमत भएका छन् ।
ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको भ्रमणमा गएको एक ट्रेकिङ समूहका भान्सेको पहिरोमा परी मृत्यु भएको छ।
मेची राजमार्गअन्तर्गत रहेको हेवा खोलामा डाइभर्सन निर्माण कार्य सुरु भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बाढीपहिरो पीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको बताउनुभएको छ।
सर्पले डसेर झापा बाह्रदशी–५ घोडामाराकी ४१ वर्षीय कमला न्यौपानेको मृत्यु भएको छ । शुक्रबार साँझ ६.३० बजे बाह्रदशी–५ घोडामारामा न्यौपानेलाई आफ्नै गाईगोठमा गाई बाँध्नेक्रममा दाहिने खुट्टामा विषालु सर्पले डसेको थियो ।
कालीकोटको खाँडाचक्र नगरपालिका–११ (साबिकको बदाल्कोट गाविस २) मा जन्मिनुभएकी शान्तिकुमारी शाही पछिल्लो समय गायन क्षेत्रमा जम्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालले भारत र चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुभएको छ।
मौसममा सुधार हुन थालेपछि किसान धान काट्ने चटारोमा व्यस्त भएका छन्।
बागमती प्रदेश सरकारले विपत् अति प्रभावित स्थानीय तहलाई तत्काल राहत लगायतका भइपरी आउने खर्चका लागि राहतस्वरुप सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
काठमाडौँबाट लमजुङतर्फ जाँदै गरेको लमजुङको सुपर दोर्दी ‘ख’ आयोजनाको गाडी नुवाकोटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।