शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                चन्द्र पन्दाक
ताप्लेजुङ, असोज १९ गते। ताप्लेजुङमा खोलाले बगाएर दुई बालबालिका बेपत्ता भएका छन्। जिल्लाको मैवाखोला र मेरिङ्देन गाउँपालिकाको सिमाना भई बग्ने मैवा खोलाले बगाएर दुई बालबालिका बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार बेपत्ता हुनेमा ११ वर्षीय सन्देश बराइली र १२ वर्षीया आइतरानी शेर्पा रहेका छन्। शुक्रबार दिउँसो गाईवस्तु चराउन गएको समयमा पौडी खेल्ने क्रममा मैवा खोलाले बगाएर बालबालिका बेपत्ता भएका प्रहरीले जनाएको छ।
यता बेपत्ता भएका बालबालिकाको खोजी गर्ने क्रम जारी रहेको र हालसम्म फेला नपरेका पनि प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो। घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                