तुलसीपुर उपमहानगरपालिका–११ मा रहेको उरहरी साना किसान कृषि सहकारी संस्थाले गाउँको तोरीबाट गाउँमै तेल उत्पादन सुरु गरेको छ ।
काठमाडौँ, असोज १९ गते। नागरिक लगानी कोषले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपियाँ सहयोग गरेको छ।शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोषका सञ्चालक समितिका अध्यक्ष प्रा. डा. सूर्यबहादुर थापा र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले उक्त सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो।सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा जम्मा गरिएको छ।असोज ११ र १२ गते देशका विभिन्न भू-भागमा आएको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न असहज अवस्थालाई सहयोग पुर्याउन संस्थागत उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरिएको कोषले जनाएको छ।
जारी प्रज्ञापन (विल विजक) भन्दा बढी प्याज ल्याउने दुई वटा भारतीय ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सल्यान क्षत्रेश्वरी गाउँपालिका–६ स्थित साँघारको धान खेती गरिएको फाँट र शारदा खोलाको दृश्य ।
घरेलु टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी च्यालेन्जको सेमिफाइनलमा कतारसँग पराजित भएको छ।
रामेछाप सदरमुकामबाट काठमाडौँ जाने अर्को छोटो वैकल्पिक मन्थली–सित्खा–तीमाल–भकुण्डेबेसी–काठमाडौँ सडक खुलाउने तयारी भइरहेको छ ।
पाल्पामा धान बालीमा सेतो पुतलीको प्रकोप देखिएको छ । सेतो पुतलीका कारण धानको पात पहेँलो हुने र सुक्ने समस्या देखिएको हो ।
छथरजोरपाटी गाउँपालिकामा झुन्डिएको अवस्थामा शव फेला परेको छ । उक्त शव छथरजोरपाटी गाउँपालिका–१ हातिखर्क बस्ने वर्ष ५७ का चक्रबहादुर लिम्बुको रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
नेकपा (एमाले) शितगंगाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा सञ्जय रानासहित ६५ सदस्यीय नगर कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।
काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकामा वडा नं. ४ सानो पुलमा रहेको ‘तारकेश्वर सिटी हस्पिटल’ शनिबारबाट सञ्चालनमा आएको छ ।
मकवानपुरको बागमती गाउँपालिका वडा–८ स्थित साततलेमा विद्युतीय गाडी दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् ।
दसैँ–तिहारको मुखैमा पटक–पटक सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटवल सडक खण्ड निकै अनिश्चित र कष्टकर बनिरहेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायललाई इरानको तेल साइटहरूमा आक्रमण नगर्न सल्लाह दिँदै मध्यपूर्वमा सम्भावित युद्धबाट बच्न विश्वलाई एकीकृत गर्न खोजिरहेको बताउनुभएको छ ।
गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठुलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा अहिले अन्यत्रै बसेर पुनः स्थापनाका लागि काम गरिरहेका छन् ।
एक हप्ता अघि परेको अविरल वर्षा र बाढीपहिरोमा परी ज्यान गुमाएका तीन जनाको परिवारलाई घरमै पुगेर राहत स्वरूपको रकम उपलब्ध गराइएको छ ।