• १९ असोज २०८१, शनिबार

साततलेमा दुर्घटना हुँदा चालकसहित तीन घाइते

blog

मकवानपुरको बागमती गाउँपालिका –८ स्थित साततलेमा दुर्घटनाग्रहस्त विद्युतीय गाडी ।

राममणि दाहाल

हेटौँडा, असोज, १९ गते । मकवानपुरको बागमती गाउँपालिका वडा–८ स्थित साततलेमा विद्युतीय गाडी दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् । 

काठमाडौँबाट धरानतर्फ जाँदैगरेको प्रदेश १–०२०–००१ ज ४३२८ नम्बरको विद्युतीय गाडी (भ्यान) हेटौँडा–चतरा–धरान सडक खण्डको बागमती गाउँपालिका वडा –८ स्थित साततलेमा शनिबार अनियन्त्रित भई सडक छेउको नालामा खसेर पल्टेर दुर्घटना हुँदा सो गाडीका चालकसहित तीन जना घाइतेभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

दुर्घटनामा घाइते हुनेमा चालक धनकुटा बुद्ध नगरपालिका –१ हिलेका वर्ष ५२ का देवी थापा, यात्रुहरू सोही स्थानकी वर्ष ३० की प्रमीला तामाङ र काठमाडौँ चाबहेलकी ४८ वर्षीया विना तामाङ लामा रहेका छन् । 

प्रहरीका अनुसार उक्त गाडीमा सवार चालकसहित १२ जनामध्ये तीन जना घाइते भएको र उहाँहरूको हेटौँडा उपमहानगर पालिका ११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।