• १९ असोज २०८१, शनिबार

दुर्घटना घटाउन खाडल पुरिदै

blog

सडकमा परेको खाल्डा पुरिदै ।

गणेश खनाल

अर्घाखाँची, असोज १९ गते । अविरल वर्षासँगै बिग्रेका सडक सहज बनाउन खाल्डा पुर्न थालिएको छ । सन्धिखर्क नगरपालिकाले अविरल बर्षाले अवरूद्व भएका सडक वडा तहमा तथा सवारी साधनको आवत–जावतले सडकमा परेका खाडलहरु पुर्न सुरु गरिएको हो ।

सन्धिखर्क नगरपालिकाले उपलब्ध गराएको साधन स्रोत र शसस्त्र प्रहरीको म्यानपावर प्रयोग गरेर सडकमा परेका खाल्डाखुल्डी पुर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जानकारी दिनुभयो । विजयादशमीसँगै नगरवासी आउनेक्रममा रहेकाले सहज यातायातका लागि गाउँटोल सहरका सडक खुलाउने काम भइरहेको भुसालको भनाइ छ ।

सडकमा परेका खाल्डाखुल्डीले सडक दुर्घटना बढ्ने भएपछि दुर्घटना न्युनीकरणका लागि सन्धिखर्क र चुत्राबेसी बजारका मेनरोड तथा मुख्य सडकमा खाल्डाखुल्डी पुर्न सुरु गरिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । विजयादशमी तथा आउँदैगरेको चाडलार्इ लक्षित गरी सडक मर्मतसुधार गर्न थालिएको हो ।