• १९ असोज २०८१, शनिबार

सर्पको डसाइले महिलाको मृत्यु

blog

लीलाराज खड्का

बिर्तामोड, असोज १९ गते ।  सर्पले डसेर झापा बाह्रदशी–५ घोडामाराकी ४१ वर्षीय कमला न्यौपानेको मृत्यु भएको छ । शुक्रबार साँझ ६.३० बजे बाह्रदशी–५ घोडामारामा न्यौपानेलाई आफ्नै गाईगोठमा गाई बाँध्नेक्रममा दाहिने खुट्टामा विषालु सर्पले डसेको थियो ।

विषालु सर्पले टोकी उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याइ उपचार भइरहेकोमा राति ८ बजेर ५ मिनेटमा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।