• २० असोज २०८१, आइतबार

झ्याउरे लयमा ‘राम्दी मेलैमा’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २० गते । रामेश्वर ढकालको शब्द/सङ्गीतमा झ्याउरे लयको ‘राम्दी मेलैमा’ बोल गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा रामेश्वर ढकाल, शीतल भण्डारी, विनोद अर्याल, लालमाया थापा पुन, सुप्रिम ढकाल र सम्झना रणपालको स्वर रहेको छ ।

भिडियोको निर्देशन तथा सम्पादन विष्णु बेल्बासेले गर्नुभएको छ । गीतको शब्द तथा लय सङ्कलक डा. गणेशप्रसाद ढकालले गर्नुभएको छ । भिडियोको सहनिर्देशन लेख सोमाई र छायाङ्कन करण तुलाचनले गर्नुभएको छ ।

भिडियोमा शीतल भण्डारी, छवि राना, प्रकृति अधिकारी, प्रतिभा दिसुवा, सपना ढकाल, चिन्नु गह र नारायण काफ्लेको अभिनय रहेको छ । गीतमा मादलतर्फ हर्क बुढा, सारङ्गीमा हेमन्त कान्छा रसाली र बाँसु्रीमा रत्न बिके रहनुभएको छ । भिडियो म्युजिक लुम्बिनी नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।