• १९ असोज २०८१, शनिबार

हरियाणा विधानसभा चुनावमा साँझ ५ बजेसम्म ६१ प्रतिशत मतदान

blog

चण्डीगढ, असोज १९ गते । हरियाणामा शनिबार साँझ पाँच बजेसम्म ६१ प्रतिशत मतदान भएको छ । राज्यभर भएको एकल चरणको विधानसभा चुनावमा सबै ९० सीटहरुका लागि मतदान भएको हो । 

भारतीय निर्वाचन आयोगको तथ्याङ्कअनुसार मेवातमा सबैभन्दा बढी ६८.२८ प्रतिशत मतदान भएको छ भने गुरुग्राममा सबैभन्दा कम ४९.९७ प्रतिशत मतदान भएको छ । यमुनानगरमा ६७.९३ प्रतिशत, पलवलमा ६७.६९ प्रतिशत, फतेहबादमा ६७.०५ प्रतिशत, जीन्दमा ६६.०२ प्रतिशत, महेन्द्रगढमा ६५.७६ प्रतिशत, कुरुक्षेत्रमा ६५.५५ प्रतिशत र सिरसामा ६५.३५ प्रतिशत मतदान भएको छ । 

हरियाणामा बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ६ बजेसम्म चलेको थियो । हरिणणा विधान सभाको निर्वाचनमा राज्यका सम्पूर्ण ९० वटा क्षेत्रमा एक हजार ३१ उम्मेदवार प्रतिस्पर्धामा छन् भने मतदानका लागि २० हजार ६३२ मतदान केन्द्र बनाइएको छ । हरियाणा र जम्मू कश्मीर दुवैको मतगणना अक्टोबर ८ मा हुनेछ ।

सन् २०१९ को विधानसभा चुनावमा हरियाणाबाट बीजेपीले ९० सीटमध्ये ४० सिट जितेको थियो भने काङ्ग्रेसले ३१ सिट जितेको थियो । मतदानपछि समर्वजनिक विभिन्न सर्भेक्षणले यस पटक हरियाणामा भाजपाको अवस्था केही खस्केको र काङ्ग्रेस बलियो बनेको देखाएका छन् । रासस/एएनआई